२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

‘आईएमई गरौं, उद्यमी बनौं’ योजनाका विजेता घोषणा, पाए आईफोन १६


सञ्चार डबली
  • आइतबार, माघ २० २०८१
  • 6.2K
    SHARES

  • images
    ‘आईएमई गरौं, उद्यमी बनौं’ योजनाका विजेता घोषणा, पाए आईफोन १६

    काठमाडौं, माघ २० । विदेशबाट नेपालमा रहेका आफन्तलाई आईएमई मार्फत रकम पठाउने तीन जना भाग्यशाली विजेताले आईफोन १६ प्राप्त गरेका छन् । आईफोन १६ प्राप्त गर्नेमा रुमानियाबाट ज्ञानेन्द्रप्रसाद गजुरेल, कुवेतबाट राजु लउपा मगर र मलेसियाबाट थानेश्वर थापा मगर रहेका छन् ।

    काठमाडौंमा शुक्रबार आयोजित एक कार्यक्रमकाबीच आईएमई ब्रान्ड एम्बेसडर दीपाश्री निरौलाले लक्की ड्र मार्फत विजेता घोषणा गरेकी हुन् । ‘आईएमई गरौं, उद्यमी बनौं’ योजनाको पहिलो चरणको मासिक उपहार अन्तर्गत असोज, कात्तिक र मंसिर महिनाको विजेता छनोट गरिएको हो ।

    यो योजनामा आईएमई गरी रकम पठाउने सेवाग्राहीमध्ये थप ‍३ जनाले उद्यमशील बन्न सहयोग पुग्ने गरी दोस्त पिक अप ट्रक जित्न सक्नेछन् ।

    दोस्रो चरणको योजना अन्तर्गत २०८१ पुसदेखि २०८२ साउनसम्म जारी रहने र यस योजनामा पनि तीन जना भाग्यशाली विजेताले दोस्त पिक अप ट्रक जित्न सक्नेछन् । आईएमई गरी आईएमई पे वालेट,बैंक खातामा जम्मा गर्ने तथा आईएमई काउन्टरमा रकम पठाउने सेवाग्राहीहरू यो योजनामा सहभागी हुन सक्नेछन् ।

    आईएमईले वैदेशिक रोजगारमा रहेका श्रमिक तथा विदेशमा स्वरोजगारमा रहेका सेवाग्राहीलाई औपचारिक माध्यमबाट रकम पठाउन उत्प्रेरकको रूपमा यो अफर ल्याएको हो ।

    आईएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत दिवाकर पौडेलले आईएमईले वैदेशिक रोजगारमा रहेका श्रमिक तथा विदेशमा स्वरोजगारमा रहेका सेवाग्राहीलाई औपचारिक माध्यमबाट रकम पठाउन र सो रकम उद्यममा लगानी गर्न यो योजनाले उत्प्रेरकको रूपमा काम गर्ने बताए ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend