२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

एनसेल र क्यानबीच ‘महिला टी-२० आई सिरिज’का लागि सहकार्य


सञ्चार डबली
  • शुक्रबार, माघ १८ २०८१
  • 5.8K
    SHARES

  • images
    एनसेल र क्यानबीच ‘महिला टी-२० आई सिरिज’का लागि सहकार्य

    काठमाडौं, माघ १८ । एनसेलले नेपाल क्रिकेट संघ (क्यान)सँग ‘महिला टी–२० आई त्रिकोणात्मक सिरिज’ का लागि सहकार्य गरेको छ । बिहीबार सम्पन्न सहकार्यले नेपाली क्रिकेटप्रेमीहरूलाई ऊर्जा प्रदान गर्दै क्रिकेटमा कीर्तिपुरस्थित महिला प्रतिभाको विकासमा योगदान पुर्‍याउने विश्वास रहेको एनसेलले जनाएको छ ।

    उक्त खेल बिहीबारदेखि त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु भएको छ । यस सिरिजमा सहभागी टिमहरूले एकअर्कासँग तीन पटक प्रतिस्पर्धा गर्नेछन् । पहिलो खेलमा आयोजक टिम नेपालले नेदरल्यान्ड्सविरुद्ध प्रतिस्पर्धा गरेको थियो ।

    अन्य खेलहरूमा नेपालले माघ १९ मा थाइल्यान्डविरुद्ध, माघ २० मा नेदरल्यान्ड्स, माघ २२ मा थाइल्यान्ड, माघ २३ मा नेदरल्यान्ड्स र माघ २५ मा फेरि थाइल्यान्डविरुद्ध खेल्नेछ । नेपाली टिम यो सिरिजमा इन्दु बर्माको कप्तानीमा खेल्दै छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend