काठमाडौं, माघ १५ । सामसङ ग्यालेक्सी एस २५ सिरिज लन्चसँगै एस २४ अल्ट्राको मूल्य २५ हजार रुपैयाँले घटेको छ । सामसङ नेपालले एक विज्ञप्ति जारी गर्दै सासमङ ग्यालेक्सी एस २४ अल्ट्राको मूल्य २५ हजार रुपैयाँले घटेको जानकारी दिएको हो ।
यसअघि १ लाख ८५ हजार रुपैयाँ बिक्री भरहेको उक्त फोनको मूल्य अहिले १ लाख ६० हजार रुपैयाँ तोकिएको छ । सन् २०२५ को भ्यालेन्टाइन सिजनका लागि भन्दै सामसङले नयाँ ग्यालेक्सी जेड सिरिजका फोल्डेबल फोनमा पनि मूल्य घटाएको हाे ।
कम्पनीले ग्यालेक्सी जेड फोल्ड ६ को दुवै भर्सन (१२/२५६ जिबि र १२/५१२ जिबि)मा २० हजार रुपैयाँ घटाउँदा ग्यालेक्सी जेड फ्लिप ६ (१२/२५६ जिबि)को मूल्य १५ हजार रुपैयाँले घटाएको छ ।
ग्यालेक्सी जेड फोल्ड ६ र ग्यालेक्सी जेड फ्लिपको खरिदमा पाँच हजार पाँच सय मूल्यको क्लियर केस निःशुल्क पाउने कम्पनीले जनाएकाे छ ।
साथै, देशभरका आधिकारिक सामसङ स्टोरहरूमा उपलब्ध सामसङ इनस्टा फाइनान्स सेवाबाट ग्यालेक्सी जेड सिरिजका स्मार्टफोनहरूलाई १८ महिनासम्म र ग्यालेक्सी एस २४ अल्ट्रालाई १२ महिनासम्मको अवधिभित्र शून्य प्रतिशत ब्याजदरमा ईएमआईमार्फत खरिद गर्न सकिन्छ ।


