२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

चलचित्र ‘ पूर्ण बहादुरको सारङ्गी’ को सिक्वेल निर्माणको घोषणा


सञ्चार डबली
  • सोमबार, माघ १४ २०८१
  • 6.7K
    SHARES

  • images
    चलचित्र ‘ पूर्ण बहादुरको सारङ्गी’ को सिक्वेल निर्माणको घोषणा


    काठमाडौं । व्यवसायिक सफलताको कीर्तिमान कायम राख्न सफल नेपाली चलचित्र ‘ पूर्ण बहादुरको सारङ्गी’ को सिक्वेल निर्माणको घोषणा भएको छ।  टीमले आइतवार काठमाडौंमा व्यवसायिक सफलताको खुशीयाली साटासाट सँगै निर्माता सरोज पौडेलले ‘पूर्ण बहादुरको सारङ्गी’ को सिक्वेल निर्माण गर्ने घोषणा गरका हुन्  । यो फिल्म आगामी वर्ष प्रदर्शन हुने घोषणा समेत गरिएको छ ।

    त्यसो त निर्माता पौडेलले २०८३ मा प्रदर्शन हुने गरि बाल मनोविज्ञानमा आधारित आफ्नो तेस्रो फिल्म फिल्म ‘रोल नम्बर १’ को पनि आइतवार नै घोषणा गरेका छन् ।  एक करोड ३० लाखमा निर्माण भएको चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’ले नेपाली बक्सअफिसबाट मात्रै करिब ५० करोड रुपैयाँ ग्रसकलेक्सन गरेको थियो । यसको सफलतापछि निर्माता पौडेलले यसको सिक्वेल बनाउने भएका हुन् ।

    कार्यक्रममा सञ्चारकर्मीसँग कुराकानी गर्दै निर्माता पौडेलले यो चलचित्र पूर्ण बहादुरको सारङ्गी मात्र नभएर सिनेमा क्षेत्रलाई नै उठाइदिने माध्यक बनेको बताए । इतिहासमा नै नेपाली चलचित्रलाई यति धेरै माँया गरेको पहिलो पटक भएको भन्दै उनले खुसी व्यक्त गरे । 

    उनले भने,‘पूर्ण बहादुरको सारङ्गी मात्र नभएर सिनेमा क्षेत्रलाई नै तपाईहरुले उठाइदिनु भएको छ । सय करोडको रनवेयमा छोड्दिनुभएको छ । यो तपाईहरु कै माँयाले हो । हामीलाई आएको जानकारी भए अनुसार नेपाली इतिहासमा यत्तिको धेरै माँया दिएर यहाँसम्म पुर्याएको पहिलो रेकडै नै हो ।’ साथै उनले कोशेढुङ्गाको तयारी गरिरहेको पनि जानकारी दिए ।  

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend