२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

 सभापति कपः फाइनल प्रवेशका लागि सङ्कटा र मच्छिन्द्र खेल्दै


सञ्चार डबली
  • सोमबार, माघ १४ २०८१
  • 6.1K
    SHARES

  • images
     सभापति कपः फाइनल प्रवेशका लागि सङ्कटा र मच्छिन्द्र खेल्दै


    काठमाडौं । सभापति कमपमा आज संकटा क्लब र मच्छिन्द्र क्लब आमुने सामुने हुने भएका छन् ।नेपाली काँग्रेस लोकतान्त्रिक खेलकुद सङ्घको योजनामा राजधानीमा जारी सभापति कप फुटबल प्रतियोगितामा आज संकटा र मच्छिन्द्र आमुन्ने सामुन्ने हुन लागेका हुन् ।

     त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा साँझ साढे ५ बजेबाट खेल सुरू हुनेछ । सर्वाधिक पुरस्कार राशिको नेपाली काँग्रेसका सभापतिको नाममा सञ्चालित नकआउट प्रतियोगिताको विजेताले नगद २६ लाख रुपैयाँ पाउने आयोजकले जनाएको छ ।

     यसैगरी उप विजेता टोलीले १३ लाखमा चित्त बुझाउने छ । प्रतियोगितामा प्रत्येक खेल खेल्ने टोलीले नगद ५० हजार पाइरहेका छन् भने प्लेयर अफ दी म्याचले १५ हजार पाइरहेको जनाइएको छ । प्रतियोगिताका हेर्नका लागि १ सय र ३ सय रुपैयाँको टिकट तोकिएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend