२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

आफ्ना चालकले महिला यात्रुमाथि गरेको दुर्व्यवहारको घटना बाहिरिएपछि बोल्यो इनड्राइभ


सञ्चार डबली
  • आइतबार, माघ १३ २०८१
  • 7.3K
    SHARES

  • images
    आफ्ना चालकले महिला यात्रुमाथि गरेको दुर्व्यवहारको घटना बाहिरिएपछि बोल्यो इनड्राइभ

    आइतवार, माघ १३ २०८१
    काठमाडौँ । राइड शेयरिङ एप इनड्राइभ कम्पनीले हालै एक नेपाली महिला यात्रुमाथि भएको दुर्व्यवहारको निन्दा गरेको छ । कम्पनीले आफ्ना सेवाग्राहीहरूमाथि गरिने कुनै पनि आपत्तिजनक वा गैरकानूनी कार्य, दुर्व्यवहारपूर्ण वा गैरकानूनी कार्य तथा आचरणको निन्दा गरेको हो ।

    उक्त कार्यप्रति इस्ट्रिक जेरो टोलरेन्स नीति रहेको बताउँदै कम्पनीका एसिया प्यासेफिक रिजनका रिजनल डाइरेक्टर मार्क टलीले भने “इनड्राइभले आफ्ना सेवाग्राहीहरूमाथि गरिने कुनै पनि आपत्तिजनक वा गैरकानूनी कार्य, दूव्र्यवहारपूर्ण वा गैरकानूनी कार्य तथा आचरणलाई कडा रूपमा अस्वीकार गर्दछ साथै यस्ता कार्यप्रति इस्ट्रिक जेरो टोलरेन्स नीति कायम राख्छ र यस्तो व्यवहारको कडा निन्दा गर्दछ।”

    नेपालमा हालै इनड्राइभका एक चालकले एक महिला यात्रुलाई दुर्व्यवहारपूर्ण कार्य गरी पक्राउ परेपछि इनड्राइभका तर्फबाट यस्तो भनाइ आएको हो । साथै कम्पनीले सेवाग्राहीको सुरक्षा र सन्तुष्टि आफ्नो उच्च प्राथमिकतामा रहेको बताउँदै दुर्व्यवहारमा परेकी महिलाको न्यायका लागि सम्बन्धित निकायसँग सहकार्य र सम्बन्धित अधिकारीहरूलाई सहयोग गरिरहेको जनाएको छ ।

    उनले भने, “हामीले हाम्रा सेवाग्राहीको सुरक्षा र सन्तुष्टि, विशेषगरी महिलाहरूको सुरक्षा र उनीहरूको अनुभवलाई सधैँ उच्च प्राथमिकतामा राख्दै आएका छौँ । हालै हामी हाम्रा सेवाग्राहीले भोग्नुपरेको दुःखद् घटनाप्रति खेद व्यक्त गर्दछौँ र क्षमाप्रार्थी छौँ ।” 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend