२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

इसेवा १५ वर्ष पूरा गरेर १६ औँ वर्षमा प्रवेश


सञ्चार डबली
  • शनिबार, माघ १२ २०८१
  • 6.3K
    SHARES

  • images
    इसेवा १५ वर्ष पूरा गरेर १६ औँ वर्षमा प्रवेश

    काठमाडौं । भुक्तानी सेवा प्रदायक डिजिटल इसेवा १५ वर्ष पूरा गरेर १६ औँ वर्षमा प्रवेश गरेको छ । नेपालमा नगदरहित आर्थिक प्रणालीको परिकल्पना गर्दै सन् २००९ मा इसेवाको बेटा भर्जन सार्वजनिक भएको थियो । त्यसपछि सन् २०१० को २५ जनवरीमा इसेवाको सेवा सुरु भएको थियो ।

    करिब डेढ दशकअघि वित्तीय संस्थामा लामो लाइन बसेर गरिने आर्थिक गतिविधि हटाउने गरी सुरु भएको इसेवा १६ औं वर्षमा प्रवेश गरेको हो । इसेवाका संस्थापकहरूले नगदरहित अर्थतन्त्र निर्माण गन आमजनताको विश्वास जित्दै परम्परागत सोच परिवर्तन गर्ने लक्ष्य राखेका थिए ।

    नगदलाई डिजिटलाइजेसनमा ल्याएर डिजिटल भुक्तानी सेवा अहिले सामान्य लागेपनि उतिबेला जटिल रहेको कम्पनीको भनाइ छ । अहिले हिमाल, पहाड र तराईसम्मका ७५३ सम्पूर्ण क्षेत्रमा इसेवाले सेवा प्रदान गरिरहेको छ ।

    सन् २००९ मा बेटा भर्जन इसेवा डेक्सटप कम्युटरको माध्यमबाट मात्र चलाउन मिल्थ्यो । बजारमा रिचार्ज कार्ड सहजै नपाइने अवस्थामा त्यसको पिन नम्बर हातले कोट्याएर कम्पनीले आफ्नो सिस्टममा राखेर डिजिटल माध्यमबाट रिचार्ज बेच्ने गरेको स्मरण गरेको छ । नेपाल टेलिकमले इलेक्ट्रोनिक्स् रिचार्ज सिस्टम बनाएपछि मात्र इलेक्ट्रोनिक्स् पिन उपलब्ध हुन थालेका कम्पनीको भनाइ छ ।

    रिचार्ज कार्ड घोटेर सिस्टममा पिन राख्नका लागि पनि दर्जनौं कर्मचारी राख्नु परेको कम्पनीले अहिले रियलटाइममै टपअप तथा बिल भुक्तानी सेवा दिन्छ । सन् २०१० देखि सन् २०१२ सम्म एफवान सफ्टको एउटा प्रोडक्ट रहेको इसेवा त्यसपछि छुट्टै कम्पनी बन्यो ।

    इसेवाको पहिलो आधिकारिक मर्चेन्ट बुद्ध एयर बनेको थियो ।

    सन् २०१३ मा ‘बेस्ट टेक्नोलोजी इनोभेसन अवार्ड’ पाएको कम्पनी सन् २०१७ मा नेपाल राष्ट्र बैंकबाट भुक्तानी सेवा प्रदायकको रूपमा इजाजतपत्र प्राप्त कम्पनी बन्यो । आफ्नो औचित्यलाई कोभिड–१९ को महामारीले थप स्थापित गरेको कम्पनीको भनाइ छ । 

    यसरी नेपालको आर्थिक र सामाजिक परिवर्तनमा महत्वपूर्ण योगदान पुर्याएको कम्पनीको विश्वास छ । कम्पनीले लाखौँ साना तथा मझौला उद्यमीलाई डिजिटल भुक्तानी प्रणाली अपनाउन सक्षम बनाई आर्थिक वृद्धिमा समेत टेवा पुर्याउँदै आएको बताएको छ ।

    मोबाइल टपअपबाट सुरु भएको इसेवाबाट अहिले नेपालको जुनसुकै कुनामा बसेर पनि सजिलै आर्थिक व्यवहार गर्न सकिएको छ । इन्टरनेट, बिजुली तथा खानेपानीको महसुल भुक्तानी, रिचार्ज, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको शुल्क, होटल बुकिङ, सेयर तथा डिम्याट खाता नवीकरण, ब्लूबुक नवीकरण, बिमालगायत २ हजारभन्दा बढी सेवाहरूको शुल्क भुक्तानी, इजी लोन, इस्पिकर, मर्चेन्ट लिङ्क सुविधा दिँदै आएको छ ।

    नगद कारोवार गर्दा ठूलो मात्रामा हुने कागजको प्रयोग अनलाइन भुक्तानीमार्फत इसेवाले अहिलेसम्म लगभग ३,७२,३४० किलो कागज बचाएको जनाएको छ ।

    यसबाट कुल ७,८०९,६९८.७२६ किलो कार्बनडाइअक्साइड उत्सर्जन घटाउन मद्दत गरेको कम्पनीको भनाइ छ । नेपालमा लगभग १० लाख जनताले नेपाल विद्युत् प्राधिकरणको बिल भुक्तानी इसेवामार्फत गर्दै आएको कम्पनीले जनाएको छ ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend