२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

नाजिर हुसेन र सृष्टि श्रेष्ठ मुख्य कलाकार रहेको फिल्म "केटी हराएको सूचना" को प्रिमियर शो


सञ्चार डबली
  • शुक्रबार, माघ ११ २०८१
  • 6.8K
    SHARES

  • images
    नाजिर हुसेन र सृष्टि श्रेष्ठ मुख्य कलाकार रहेको फिल्म "केटी हराएको सूचना" को प्रिमियर शो

    शुक्रबारबाट रिलिज हुने फिल्म ‘मिसिङः केटी हराएको सूचना’ ले बुधबार साँझ ललितपुरको लबिम मलमा भव्य प्रिमियर शोको आयोजना गरेको छ। प्रिमियरपछि फिल्म हेर्ने अधिकांश फिल्मकर्मीले फिल्मको कथावस्तुसँगै कलाकारको अभिनय, निर्देशकीय पक्ष, प्राविधिक पक्षको तारिफ गरेका छन्।

    नाजिर हुसेन र सृष्टि श्रेष्ठ स्टारर मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, प्रियंका कार्की, केकी अधिकारी, स्वस्तिमा खड्का, मिरुना मगर, दिया मास्के, मेनुका प्रधान, निश्चल बस्नेत, छविराज ओझा लगायत पुगेका थिए।

    अभिनेत्री स्वस्तिमा खड्काले धेरै पछि एउटा फरक जनरा र फ्रेस कथाको फिल्म हेर्न पाएको बताइन्। अभिनेत्री दिया मास्केले एकदमै सामान्य, फ्रेस र आफूलाई मनपर्ने तरिकाले बनाएको फिल्म भनी प्रतिक्रिया दिइन्।

    डीसिएनका अशोक शर्माले फिल्ममा दर्शकले नयाँ स्वाद पाउने बताए। अभिनेत्री केकी अधिकारीले आफूलाई यस्तो कथाको फिल्म हेर्न एकदमै मनपर्ने बताइन्। उनले स्लोपेसमा डिटेल्समा बनाइएका चिज राम्रो लाग्ने खुलाइन्।

    अभिनेत्री मिरुना मगरले सृष्टिको काम देखेर आफू खुशी भएको बताइन्। निर्देशक प्रदीप भट्टराईले निर्देशक दीपेन्द्र गौचनबाट रेगुलर फिल्मको अपेक्षा नभइरहेको अवस्थामा उनले फरक तरिकाले कथा भनेको बताए। निर्माता तथा कलाकार रवीन्द्रसिंह बानियाँले मधेश प्रदेशले यो फिल्मलाई सहयोग गर्नुपर्ने बताए। विषयवस्तु र पर्यटकीय हिसाबले फिल्म राम्रो रहेको उनले खुलाए।

    ट्राई सिटी पिक्चर्स प्रस्तुतकर्ता रहेको फिल्म ट्राई सिटी पिक्चर्सकै व्यानरमा निर्माण भएको हो। फिल्ममा दीपेन्द्र गौचनको लेखन र निर्देशन छ।

    फिल्ममा नाजिर, सृष्टिसँगै सञ्जय गुप्ता, रामनारायण ठाकुर, मदन ठाकुर, रिना रिमाल, कौशल्या ठाकुर, ललितादेवी मिश्र, रुपेश मण्डल, सुदीप पटेल, अनिल कुर्मी, मनोज शाह, अर्जुन पोखरेल र ओमप्रकाश कर्णको अभिनय छ । फिल्ममा अमितेष शाह विशेष भूमिका छन्।

    फिल्ममा अमर महर्जनको डीओपी, निमेष श्रेष्ठको सम्पादन, शंकर महर्जनको द्वन्द्व, दीपेन्द्र गौचन, प्रवेश मल्लिक र करुण थापाको संगीत, दीपेन्द्र गौचन, अमितेष शाह, करुण थापाको शब्द, सितुसित बस्नेत, रोहित जोन क्षेत्री, प्रवेश मल्लिक, नेहा प्रियदर्शनी, करण परियार र इन्दिरा जोशीको स्वर, रामजी लामिछाने र राजीव कर्णको कोरियोग्राफी छ।

    ओएसआर डिजिटल डिजिटल पार्टनर रहेको फिल्म एप्पल इन्टरटेनमेन्ट, रिच इन्टरटेनमेन्ट र एफडी कम्पनीले वितरण गर्दैछन्।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend