२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

गोल्छा समूह र प्रिज्मा ग्रुप सिनेमा निर्माणमा

बाइस्कोप सिनेमाको ब्यानरमा पहिलो सिनेमा 'परान’ निर्माण हुने


सञ्चार डबली
  • बिहीबार , माघ १० २०८१
  • 6.5K
    SHARES

  • images
    गोल्छा समूह र प्रिज्मा ग्रुप सिनेमा निर्माणमा

    काठमाडौँ, १० माघः प्रतिष्ठित व्यवसायिक घराना, गोल्छा समूहका अध्यक्ष शेखर गोल्छा तथा प्रिज्मा एड्भटाइजिङका प्रमुख रन्जीत आचार्यको संयुक्त स्वामित्वमा रहेको कम्पनी बाइस्कोप सिनेमा प्रा.लिको ब्यानरमा सिनेमा निर्माणको औपचारिक घोषणा गरिएको छ ।

    बुधबार काठमाडौंमा विशेष कार्यक्रमको आयोजना गर्दै कम्पनीले 'परान’ सिनेमा निर्माणको औपचारिक घोषणा गरेको हो।

    चर्चित हास्य टेलिशृंखला 'सक्किगोनी’का चर्चित पात्र 'काकु’ को भूमिका निर्वाह गरेका दीपक आचार्यले सिनेमालाई निर्देशन गर्ने छन्भने यो उनको डेब्यु निर्देशन पनि हुनेछ ।

    'परान’ मा नीर शाह केन्द्रीय भूमिकामा देखिने छन् भने शाहका अलावा मदन कृष्ण श्रेष्ठ, केकी अधिकारी, प्रविण खतिवडा, बुद्धि तामाब, महेश त्रिपाठी, अञ्जना बराइली, पूजा चन्द, सुभाष गजुरेल, यमन श्रेष्ठ लगायतका कलाकारहरूको अभिनय रहने बताईएको छ ।

    Paran 1.jpeg

    त्यस्तै सिनेमामा बालकलाकारका रूपमा निर्देशक आचार्यका कान्छा छोरा आर्यदीप आचार्य समेतको अभिनय रहनेछ ।

    फागुनको पहिलो साताबाट सिनेमा फ्लोरमा जानेछ । सिनेमाको छायांकन काठमाडौं तथा धनकुटामा हुनेछ ।

    सिनेमा घोषणा कार्यक्रममा बोल्दै शेखर गोल्छाले आफू उद्योग वाणिज्य महासंघको अध्यक्षका हैसियतमा जिल्ला– जिल्लामा हुने महोत्सवहरूमा प्रस्तुत गरिने सांस्कृतिक कार्यक्रममा नेपालीपन नदेख्दा दिक्क लागेको बताउँदै त्यस्ता कार्यक्रममा जानु नपरे हुन्थ्यो जस्तो लाग्ने गरेको र सोही प्रकारको सन्देश आयोजकहरूलाई दिने गरेको प्रसब्ग सुनाउँदै सिनेमा निर्माण गर्नु पछाडि नेपालीपन र संस्कृतिको समृद्धि रहेको बताए ।

    'म उद्योग वाणिज्य महासंघको अध्यक्ष हुँदा विभिन्न महोत्सवहरूमा जाने गर्थें । त्यहाँ हाम्रो नेपाली मौलिकता डाइल्यूट हुने गरी कार्यक्रमहरू हुन्थेर मैले जहिले पनि आयोजकहरूलाई हाम्रो मौलिकता नै डाइल्यूट हुने गरी कार्यक्रम गर्ने हो भने मलाई चाहिँ नबोलाइदिनुहोस्, म आउँदिन किनभने प्रमुख अतिथिका रूपमा मलाई बोलाइन्थ्यो,’ शेखरले भने, 'हाम्रा मुभीहरुमा पनि हाम्रो मौलिकता हराएको जस्तो लाग्छ । त्यो मौलिकता आउनुपर्छ । हामीले अरूको संस्कृतिलाई त्यसरी नै नक्कल गर्ने हो भने हाम्रो मौलिकता रहन्छ जस्तो लाग्दैन ।

    यो सिनेमा गर्नुमा व्यवसायिक कारण त छँदैछ तर कुनै न कुनै तरिकाले भोलि मौलिकता पनि होस्, व्यवसायिकता पनि होस्, एउटा कर्पोरेट कल्चर पनि आओस् । जसले गर्दा यसमा आबद्ध सबै कलाकार एउटा अनुबन्धमा होऊन्, समयमा भुक्तानी पाऊन्र यसमा सम्बन्धित जो पनि छ, कर लगायतका विषयमा पारदर्शिता होस्भन्ने सोचका साथ व्यवसायिक क्षेत्रको मान्छे यो क्षेत्रमा आएको छौँ ।’

    त्यसैगरी, रन्जीत आचार्यले सन् २०१७ मै सिनेमामा आउने योजनासहित कम्पनी खडा गरे पनि तयारीका दौरानमा नै कोभिड महामारीका कारण काम सुरु गर्न नसकिएको बताउँदै, उपरान्त नेपालीपन बोकेको र नेपाली दर्शकका लागि सिनेमा बनाउने बताए ।

    Paran 5.jpg

    'हामीले फिल्म निर्माण गर्ने भनेर २०१७ मै कम्पनी खडा गरेका थियौँ तर २०२४ देखि प्रोजेक्ट अघि बढेको छ । अब निरन्तर नेपालीपन बोकेको फिल्म बनाउने छौँ । साथै अन्तर्राष्ट्रिय फिल्म निर्माण कम्पनीहरूलाई नेपालमा सहकार्य गर्न र लगानी गर्न लगाउने योजना रहेको, नेपालमै अन्तर्राष्ट्रिय सिनेमा निर्माण गर्न सहकार्य गर्ने योजना रहेको,’ पनि आचार्यले सुनाए ।

    कार्यक्रममा महानायक राजेश हमाल, वरिष्ठ हास्य अभिनेता हरिबंश आचार्य, कलाकार दीपाश्री निरौला, निशा अधिकारी, दिनेश डिसी, अशोक शर्मा, कृष्ण मल्लका साथमा उद्योगपति पशुपति मुरारका, सौरभ ज्योति, विदुषी राणा, भास्कर राज राजकर्णिकार, सांसद असीम शाह, क्यूएफएक्सका निर्देशकद्वय नकीम उद्दीन र भास्कर ढुंगाना लगायत व्यवसायीहरूको उपस्थिति रहेको थियो।

    Paran 4.jpg

    Paran.jpeg
    Paran 6.jpg

    बाइस्कोप सिनेमा प्रा.लिको पहिलो प्रस्तुति 'परान’ लाई शिवराम श्रेष्ठले छायाब्कन गर्नेछन्भने सुप्रिम पराजुलीको रंग संयोजन रहने बताइएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend