२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

स्काईवर्थ सपना साकारको विजेता घोषणा, रवि अर्यालले जिते एमजी कमेट इभी


सञ्चार डबली
  • बुधबार, माघ २ २०८१
  • 7.9K
    SHARES

  • images
    स्काईवर्थ सपना साकारको विजेता घोषणा, रवि अर्यालले जिते एमजी कमेट इभी

    बुधवार, माघ २ २०८१
    काठमाडौँ । केएल दुगड ग्रुप अन्तर्गतको स्मार्ट एप्लायन्सेस् प्रा.लि.ले ‘स्काईवर्थ सपना साकार’ क्याम्पेनको बम्पर उपहार विजेता घोषणा गरेको छ ।

    बुधवार लाजिम्पाटस्थित होटल एम्बास्डरमा आयोजित एक विशेष कार्यक्रममा एमजी कमेट ईभी कार विजेता काठमाडौँका रवि अर्याललाई उक्त कारको साँचो हस्तान्तरण गरिएको हो । साथै उपहारमा लाग्ने २५ प्रतिशत कर कम्पनी आफैँले व्यहोर्ने पनि जनाइएको छ ।

    स्मार्ट एप्लायन्सेस् प्रा.लि.को ‘स्काईवर्थ सपना साकार’ उपहार योजना गत असोज १ देखि कात्तिक ३० सम्म सञ्चालन गरिएको थियो ।

    जसमा नेपालभरका ग्राहकहरूले उत्साहपूर्वक सहभागिता जनाएका थिए । बम्पर पुरस्कारका अगावै स्काईवर्थले साप्ताहिक लक्की ड्र मार्फत माइक्रोवेभ प्रदान गरिसकेको छ भने ४० प्रतिशतसम्मको आकर्षक छुटसहित आफ्ना प्रिमियम होम एप्लायन्सहरू पनि ग्राहकहरूलाई उपलब्ध गराएको थियो।

    यस अवसरमा स्काईवर्थका डेपुटी जेनेरल म्यानेजर अमित बज्राचार्यले भने, “हामी रवि अर्यालज्यू लगायत अन्य साप्ताहिक विजेताहरूलाई बधाई दिँदै यस क्याम्पेनलाई सफल बनाउन योगदान गर्ने सम्पूर्ण ग्राहकहरूलाई धन्यवाद दिन चाहन्छौँ । स्काईवर्थ सधैं गुणस्तर र नवीनतालाई प्राथमिकतामा राख्दै अगाडि बढ्ने कुरा पनि हामी तपाईहरूलाई विश्वास दिलाउन चाहन्छौँ ।”

    स्काईवर्थले उत्पादनमा नवीनता तथा गुणस्तरमा उत्कृष्टतालाई ध्यानमा राख्दै र ग्राहकको अनुभवलाई सधैँ प्राथमिकता दिँदै आएकोले हरेक घर-परिवारमा आफ्नो विश्वास कायम राख्दै आएको छ ।  

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend