२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

अक्षय कुमारकी हिरोइन भइन सन्यासी, जो ऐश्वर्या र सुस्मिताको थिइन प्रतिस्पर्धी


सञ्चार डबली
  • मंगलबार, माघ १ २०८१
  • 7.3K
    SHARES

  • images
    अक्षय कुमारकी हिरोइन भइन सन्यासी, जो ऐश्वर्या र सुस्मिताको थिइन प्रतिस्पर्धी


    काठमाडौं।  ग्लामरको दुनियाले  धेरै मानिसहरूलाई आकर्षित गर्दछ। मानिसहरू आफ्नो सामान्य जीवन छोडेर यो संसारको हराउन चाहन्छन्। यसका लागि उनीहरु कडा मेहनत गर्न पनि तयार हुन्छन् । तर केही मानिसहरु यस्ता छन् जो ग्लामरका यी दुनिया देखेयसबाट टाढा जान्छन् र आफुलाइ धर्मको मार्ग लैजान्छन् ।

     बलिउड अभिनेत्री जायरा वसीम र सना खान यसको उत्कृष्ट उदाहरण हुन्। यो सूचीमा अर्की बलिउड अभिनेत्रीको नाम पनि थपिएको छ । जो कुनै समय मोडलिङको दुनियामा सुस्मिता सेन र ऐश्वर्या राईसँग प्रतिस्पर्धा गर्ने गर्थिन । त्यसपछि केही यस्तो घटना भयो कि ग्लामरको दुनियाँ छोडेर पुरै सन्यासको बाटो लिइन। अहिले उनी धर्मको दुनियाँमा गेशे नामग्याल याङ्छेन भनेर चिनिन्छिन् ।

    यी अभिनेत्री हुन् बरखा मदन । बरखा मदनले सन् १९९४ मा मिस इन्डियामा भाग लिएकी थिइन् । यस वर्ष सुस्मिता सेन र ऐश्वर्या रायले पनि यस प्रतियोगितामा एक अर्कालाई कडा प्रतिस्पर्धा दिइरहेका थिए । यस सौन्दर्य प्रतियोगितामा बरखा मदन भने थर्ड रनरअप भइन् । जसले मिस टुरिजम इन्टरनेशनल प्रतियोगिताको उपाधि जित्न पुगिन् । 

    यसपछि सन् १९९६ मा बरखा मदनले अक्षय कुमार जस्ता नायकसँग फिल्म ‘खिलाडियो का खिलाडी’ मा काम गरिन् । तर, बरखा मदनले आफ्नो पहिचान बनाउन ७ वर्ष कुर्नुपरेको थियो । उनले रामगोपाल वर्माको ‘भूत’ फिल्ममा मनजीत खोसलाको भूतको भूमिका निभाउनने मौका पनि पाइन । सन् २०१० मा बरखा मदनले निर्माता बन्ने निर्णय गरिन र नयाँ कम्पनी पनि स्थापनासमेत गरिन् । उनले आफ्नो ब्यानरमा ‘सोच लो’ र ‘सुर्खाब’ नामक दुई चलचित्र पनि निर्माण गरेकी थिइन् ।

     बरखा मदन सुरुदेखि नै तिब्बती बौद्द गुरू दलाई लामाको अनुयायी थिइन् । अन्ततः सन् २०१२ मा उनले आफूलाई पूर्णतया आत्मसमर्पण गरी बुद्धको मार्गमा संन्यास ग्रहण गरिन् । अहिले उनीहरुको घर पनि फरक रहेको छ । उनी जहाँ भएपनि बेला बेलामा इन्स्टाग्राममा विभिन्न तस्विर सेयर गरिरहेकी हुन्छिन र त उनलाइ सम्झना गरिरहेनौं छौं ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend