२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

 निशुल्क जापानमा “नर्सिङ असिस्टेन्ट” काम, नगुमानुहोस् २ लाख कमाउने अवसर


सञ्चार डबली
  • बिहीबार , पुस ११ २०८१
  • 8.6K
    SHARES

  • images
     निशुल्क जापानमा “नर्सिङ असिस्टेन्ट” काम, नगुमानुहोस् २ लाख कमाउने अवसर


    काठमाडौ । विगत लामो समयदेखि सिंका नर्सले नेपाली नागरिकलाई जापानमा रोजगारीको अवसर दिइरहेको छ । जापानको अस्पतालहरुमा सहायक नर्सिंङको कामका लागि नेपालबाट शुन्य  लागतमा कामदार लाने गरेको सिंका नर्सिङ कम्पनीका मानव स्रोत विभाग प्रमुख सुबास न्यौपानेले जानकारी दिएका छन् । यसको माग  सिंका नर्सको फेसबुक पेज, टिकटकमा वा सिधा सम्पर्क गरि हेर्न बुझ्न सकिन्छ ।

    प्रमुख न्यौपानेले  भने – ‘सिंका नर्सिङ कम्पनी जापानको एक प्रतिष्ठित र विश्वासिलो कम्पनी हो। यसको स्थापना सन् २००६ मा भएको हो। सुरुमा यस कम्पनीले जापानी नागरिकलाई मात्र रोजगारीका अवसरहरू प्रदान गर्दै आएको थियो। तर पछिल्ला केही वर्षदेखि, यसले विदेशी नागरिकलाई पनि समेट्दै आफ्नो सेवा दायरा विस्तार गरेको छ।’

    हालसम्म यस कम्पनीले ३०० भन्दा बढी नेपाली कामदारहरूलाई जापानमा रोजगारी प्रदान गरिसकेको छ। यो कम्पनी नर्सिङ सेवाहरूमा मात्र नभई स्वास्थ्य सेवा र रोजगारीबिहीन व्यक्तिहरूका लागि नयाँ अवसरहरू सिर्जना गर्नमा पनि अग्रसर रहेको छ। यसले सबै मेडिकल सेवा र रोजगारीसम्बन्धी प्रक्रियाहरू समन्वय गर्दै सेवाग्राहीहरूलाई भरपर्दो सहयोग उपलब्ध गराउँदै आएको छ।

    जापानमा मात्र होइन, अन्तर्राष्ट्रिय क्षेत्रमा समेत सिंका नर्सिङ कम्पनीको ख्याति फैलिएको छ। यसले नर्सिङ सेवाका क्षेत्रमा गुणस्तरीय सेवा दिनुका साथै श्रमिकहरूको जीवनस्तर सुधार्न र उनीहरूलाई आत्मनिर्भर बनाउन महत्वपूर्ण योगदान पुर्‍याएको छ । 

    प्रमुख सुबास न्यौपानेका अनुसार, ‘यो कम्पनीले केवल रोजगारी दिनेमात्र होइन, सेवाग्राहीको स्वास्थ्यसम्बन्धी हरेक आवश्यकता पुरा गर्न र उनीहरूको सेवामा उच्चतम मापदण्ड कायम गर्न कटिबद्ध छ। यस कारण, सिंका नर्सिङ कम्पनीलाई जापानको श्रम र स्वास्थ्य सेवा क्षेत्रमा एक अग्रणी र विश्वसनीय संस्था मानिएको हो ।’ साथै, ३०० भन्दा बढी कामदारहरूलाई रोजगारी दिन सफल भएको तथ्यले यस कम्पनीको सफलता र प्रभावकारी व्यवस्थापनलाई पनि प्रष्ट पार्छ।

    नर्सिङ्ग केयर वर्करहरुका मुख्य कार्यहरु निम्नानुसार रहेका छन् :
    खानाको खुवाउने , बाथटबमा नुहाउने नर्सिङ्ग केयर, दिसापिसाव गर्न मद्दत गर्ने , एक ठाउँबाट अर्को ठाउँमा जाने नर्सिङ्ग केयर, स्थानान्तरणको नर्सिङ्ग सरसफाई, खाना बनाउने ,डाक्टर, नर्स संबन्धित विभागहरु काममा मद्दत गर्ने  र परिवारसंग बाहिर जाने र मनोरन्जनका योजनाहरुको कार्यान्वयन गराउने रहेको छ । २५ बिभिन्न देशका श्रमिक काम गरि रहेको यस सस्थामा नेपाली कामदारको माग उच्च रहेको छ र सिन्का नर्सिङले नेपालबाट शुन्यलागतमा नेपाली श्रमिक लगि रहेको छ । राम्रो भाषा ,मिलनसार ब्यक्तित्व र मिहनती मान्छेका निम्ति यो काम अत्ति उत्तम हो । कर्मचारीले घण्टाको अधिकतम १५०० एन साथै अन्य नियम अनुसारका सेवा सुविधा पनि पाउने छ्न् ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend