२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

बागमती प्रदेशले फुटबल प्रतियोगिता आजबाट हुने ,उद्घाटनमा काठमाडौँ र काभ्रे


सञ्चार डबली
  • बुधबार, पुस १० २०८१
  • 8.3K
    SHARES

  • images
    बागमती प्रदेशले फुटबल प्रतियोगिता आजबाट हुने ,उद्घाटनमा काठमाडौँ र काभ्रे


    काठमाडौं ।   बागमती प्रदेश लिग फुटबल प्रतियोगिता आज बुधबारदेखि मकवानपुर  जिल्लामा सुरु हुँदैछ । हेटौंडा–५ स्थित पिपले क्याम्प रंगशालामा हुने उद्घाटन खेलमा चित्लाङ फुटबल क्लब काठमाडौंले माउन्ट एभरेस्ट एफसी काभ्रेसँग  प्रतिस्पर्धा गर्नेछ । 

    अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा हुन लागेको प्रतियोगितामा बागमती प्रदेशको मकवानपुरसहित ११ जिल्लाको फुटबल टिमको सहभागिता रहने छ । अप्रतियोगितामा बिजेता तथा उपविजेताले नगद दुई लाख र एक लाख शिल्ड तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगितामा ३१ लाख खर्च हुने अनुमान आयोजकले गरेको छ ।

    लिगमा यो वर्ष मकवानपुरबाट पदमपोखरी युवा क्लब, बिएफसी चितवन, धुनिवेशी युथ समाज धादिङ, बट्टर युथ क्लब नुवाकोट, चित्लाङ फुटबल क्लब काठमाडौं, थिमी युथ क्लब भक्तपुर, माउन्ट एभरेस्ट एफसी काभ्रे, चौतारा स्पोर्टिङ सिन्धुपाल्चोक, टाइगर टिम दोलखा, ब्लु अल्पाइन सिन्धुली र ललितपुरको क्लबहरु सहभागी हुने छन् ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend