२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

महिला यू- १९ एसिया कपः नेपालको यात्रा समाप्त, बंगलादेश फाइनलमा


सञ्चार डबली
  • शुक्रबार, पुस ५ २०८१
  • 5.9K
    SHARES

  • images
    महिला यू- १९ एसिया कपः नेपालको यात्रा समाप्त, बंगलादेश फाइनलमा

    काठमाडौँ , पुस ५ । नेपाल महिला यू-१९ एसिया कपको फाइनलमा पुग्न असफल भएको छ ।

    आज भएको सुपर फोर अन्तरगतको खेलमा बंगलादेशसँग ९ विकेटको हार व्यहोर्दै नेपाल बाहिरिएको हो । वर्षाका कारण ११ ओभरमा छोट्याइएको खेलमा नेपालले टस हारेर पहिले ब्याटिङको निम्तो पाएको थियो ।

    तीन ब्याटरहरु दुर्भाग्यपूर्णरुपमा रन आउट भएपछि नेपाल बलियो स्कोरमा पुग्न सकेन । नेपालका दुवै ओपनर साना प्रविन र सावित्री धामी रनआउट भए । सबैभन्दा आशा गरिएकी कप्तान पूजा महतोले ११ बलमा ९ रन मात्रै जोड्न सकिन् ।

    नेपाल निर्धारित ११ ओभरमा ८ विकेट गुमाएर ५४ रन बनाएको थियो । बंगलादेशले एक विकेट क्षतिमा ९.५ ओभरमा लक्ष्य भेटेको हो । बंगलादेशको एक मात्र विकेट कुसुम गोदारले लिइन् । यो जितसँगै बंगलादेशले फाइनलमा स्थान सुरक्षित गरेको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend