२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

 एनपिलएःकर्णालीले दियो चितवनलाई १७६ रनको लक्ष्य


सञ्चार डबली
  • बुधबार, पुस ३ २०८१
  • 6.7K
    SHARES

  • images
     एनपिलएःकर्णालीले दियो चितवनलाई १७६ रनको लक्ष्य


    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिलए) आजको पहिलो इलिमिनेटरमा कर्णाली याक्सले चितवन राइनोजलाई १७६ रनको लक्ष्य दिएको छ । चितवन राइनोजविरुद्ध टस हारेर पहिला ब्याटिङ गरेको कर्णालीले निर्धारित ओभरमा ६ विकेट गुमाएर १७५ रन बनाएको हो ।

    यो खेल दुबै टोलीका लागि ‘नकआउट’ म्याच हो, यो खेलमा हार्ने टोलीको एनपिएल यात्रा समाप्त हुनेछ भने जित्ने टोलीले क्वालिफायर २ मा आफ्नो स्थान सुरक्षित गर्नेछ । चितवन र कर्णालीले लिग चरणमा समान नतिजा हासिल गरेका थिए । 

    दुवै टोलीले सात खेलमा चार जित र तीन हारसहित आठ अंक जोडेका छन् । नेट रनरेटका आधारमा चितवन तेस्रो स्थानमा रहँदै प्लेअफमा पुगेको थियो । समूह चरणमा कर्णालीले चितवनलाई ६ विकेटले हराएको थियो, जसले कर्णालीलाई थप आत्मविश्वास दिएको छ । 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend