२०८३, साउन ११ गते

images
Logo

Jul 27 2026 | २०८३, साउन ११ गते

images
  • सोमबार, साउन ११ २०८३
images

वेडिङ फोटो अवार्ड २०२४ आयोजना गर्दै काठमाडौं फोटोग्राफर संघ


सञ्चार डबली
  • बुधबार, पुस ३ २०८१
  • 6.8K
    SHARES

  • वेडिङ फोटो अवार्ड २०२४ आयोजना गर्दै काठमाडौं फोटोग्राफर संघ

    काठमाडौं । काठमाडौं फोटोग्राफर संघले वेडिङ फोटो अवार्ड २०२४ आयोजना गर्ने भएको छ । काठमाडौंमा एक कार्यक्रमकाबीच संघले देशभरका विभिन्न जिल्लामा भव्य रूपमा प्रचार–प्रसारका तथा क्यम्पेनीङ कार्यक्रम सम्पन्न भएको जानकारी गराएको छ ।  संस्थाका अध्यक्ष हरिप्रसाद घिमिरेको नेतृत्वमा काठमाडौंबाट निस्कीएको एक टोली  तनहुँ, पोखरा, स्याङ्जा, पाल्पा, दाङ, कपिलवस्तु, बुटवल, नवलपरासी (पूर्व र पश्चिम), नवलपुर र चितवन कार्यक्रम गरेएको  छ । 

    यस अघि काठमाडौं, ललीतपुर र भक्तपुरका बिभिन्न स्थानमा स्थानहरूमा प्रचार–प्रसारका तथा क्यम्पेनीङ अभियान सञ्चालन गरिसकेका छ । संघले कार्यक्रमको मुख्य उद्देश्य नेपाली विवाह फोटोग्राफीलाई अन्तर्राष्ट्रिय स्तरमा स्थापित गर्ने उत्कृष्टता प्रोत्साहन गर्दै, नेपालीमा हुने विवाहका संस्कृति, जात जाती भेष भुषा फोटोग्राफीका मध्यमबाट संसार भर चिनाउनु रहेको पनि जानकारी दिएका छन् । 

    अध्यक्ष घिमिरे यसको माध्यमबाट फोटोग्राफरको प्रतिभालाई उजागर गर्ने र नेपाललाई अन्तर्राष्ट्रिय फोटोग्राफी मानचित्रमा चिनाउने बताए । उनले भने, ‘केपीए वेडिङ फोटो अवार्ड २०२४ ले नेपाली फोटोग्राफीलाई नयाँ उचाइमा पु¥याउने र फोटोग्राफरहरूको मेहनतलाई सम्मान गर्ने उद्देश्य राखेको छ । देशभरका प्रतिभावान फोटोग्राफरहरूको योगदानलाई उजागर गर्न यो कार्यक्रम ऐतिहासिक हुने विश्वास छ ।’

    अध्यक्ष घिमिरेको नेतृत्वमा कार्यक्रमलाई व्यवस्थित र सफल बनाउने प्रयास भइरहेको छ । यो कार्यक्रमले फोटोग्राफीप्रति रुचि राख्ने सम्पूर्णलाई एकत्रित गर्नेछ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फोटोग्राफी व्यक्तित्वहरूको उपस्थितिले कार्यक्रममा थप आकर्षण थप्नेछ । केपीए वेडिङ फोटो अवार्ड २०२४ ले नेपाली फोटोग्राफी उद्योगलाई एकजुट पार्दै यसलाई विश्वस्तरीय बनाउन महत्वपूर्ण योगदान दिनेछ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend