२०८३, साउन ११ गते

images
Logo

Jul 27 2026 | २०८३, साउन ११ गते

images
  • सोमबार, साउन ११ २०८३
images

 भुलभुलैयाः३ र स्त्रीः२ पछि बलिउडको अर्को ठुलो हरर मुभी रिलिज हुँदै


सञ्चार डबली
  • मंगलबार, पुस २ २०८१
  • 7.1K
    SHARES

  •  भुलभुलैयाः३ र स्त्रीः२ पछि बलिउडको अर्को ठुलो हरर मुभी रिलिज हुँदै


    काठमाडौं । अहिले बलिउडका हरर फिल्महरूले दर्शकको राम्रो प्रतिक्रिया पाइरहेका छन् । ‘मुन्ज्या’, ‘स्त्री २’ र ‘भुल भुलैया’लाई दर्शकले निकै रुचाए, बक्स अफिसमा यी फिल्मले राम्रै ब्यापार पनि गरेको थियो । यसैक्रममा बलिउडमा अर्को हरर फिल्म ‘लभ इज फोरएभर’ फिल्म पनि चाँडै रिलिज हुदैँछ । सो फिल्म जनवरी १०, २०२५ मा हिन्दी, तमिल र तेलुगु भाषामा रिलिज हुनेछ।

    सफ्ट टच इन्टरटेनमेन्टको ब्यानरमा बनेको फिल्मको फर्स्ट लुकले दर्शकको जिज्ञासा बढाएको छ । ‘लभ इज फोरएभर’ श्रीनिवासद्वारा निर्देशित एक डरलाग्दो ड्रामा फिल्म हो, जुन भारतभर एकैसाथ रिलिज हुँदैछ। यस चलचित्रमा दुईवटा गीत छन्, पहिलो गीत अल्तमश फरीदी र मधुश्रीले गाएका छन् भने दोस्रो गीत जावेद अलीले गाएका छन् ।

    चलचित्र ‘लभ इज फरइभर’ को कथा सामान्य कथाभन्दा निकै फरक छ । यसमा दर्शकले सस्पेन्स, थ्रिलर, लभ, हरर र कमेडीको भरपुर मात्रा पाउने जनाइएको छ । फिल्ममा यस्ता धेरै रोमाञ्चक मोडहरू छन्, जुन देखेर दर्शक छक्क पर्नुहुनेछ। खासमा, चलचित्रको कथा तीन व्यक्तिको रहस्यमय जीवनको वरिपरि घुमेको छ ।

    फिल्ममा रुसलान मुमताज, कर्णिका मण्डल, राहुल बी कुमार, मुश्ताक खान, गार्गी पटेल, गरिमा अग्रवाल, जावेद हैदर, सलिम मुनावर, मोहम्मद सलीम मुल्लानवार र चन्द्रप्रकाश ठाकुरको मुख्य भूमिका छ।

    सफ्ट टच इन्टरटेनमेन्टको ब्यानरमा बनेको फिल्म ‘लभ इज फोरएभर’मा निर्देशक एस श्रीनिवास, डीओपी राज शेखर नायडू, संगीत निर्देशक देव चौहान, गीतकार सञ्जित निर्मल, लेखक रसिद कानपुरी, एक्सन मास्टर मुकेश राठौर, कोरियोग्राफर कौसर शेख, फिल्म वितरक रिद्धी लगायतको अभिनय रहेको छ । सिद्धि र प्रचारक सञ्जय भूषण पटियाला हुन्।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend