काठमाडौं। खेलको अन्त्यतिर २ गोल गर्दै म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीलाई पराजित गरेको छ । म्यानचेस्टर डर्बीमा पुनरागमन जित निकाल्ने क्रममा आइतवार युनाइटेडले सिटीलाई २-१ पराजित गरेको हो।
जस्को ग्याब्राडिलोले हेड मार्फत गोल गर्दै सिटीलाई पहिलो हाफमा १-० को अग्रता दिलाए। ब्रुनो फर्नान्डेजले ८८ औं मिनेटमा पेनाल्टीमार्फत बराबरी गोल फर्काए। अमाड डेल्लोले उच्च प्रर्दशनमा युनाइटेड जित निकाल्यो । उनले अन्तिम मिनेटमा गोल गरेका हुन् ।
युनाइटेडका नयाँ प्रशिक्षक रुबेन अमोरिमका लागि यो डर्बी जित विशेष रह्यो। ‘यो कठिन खेल थियो, तर हामी अन्त्यसम्म विश्वास गरिरह्यौं। यो जित हाम्रा सर्थकहरूका लागि निकै महत्त्वपूर्ण छ,’ उनले भने।
खराब प्रदर्शनबाट गुज्रिरहेको साविक विजेता सिटी २७ अंकका साथ पाँचौं स्थानमा छ। २२ अंकसहित युनाइटेड १३ औं स्थानमा छ।



