२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

च्याम्पियन लिग : म्यानचेस्टर सिटीको खराब प्रदर्शन जारी, युभेन्टस सँग २-० ले पराजित


  • बिहीबार , मंसिर २७ २०८१
  • 7.2K
    SHARES

  • images
    च्याम्पियन लिग : म्यानचेस्टर सिटीको खराब प्रदर्शन जारी, युभेन्टस सँग २-० ले पराजित

    काठमाडौं । खराब लयमा रहेको म्यानचेस्टर सिटी च्याम्पियन्स लिगमा पुन: पराजित भएको छ । पेप ग्वार्डिओलाको सिटी बुधवार राति भएको खेलमा युभेन्टस सँग २-० ले पराजित भएको छ ।

    टुरिनको एलियान्ज स्टाडियो डेल्ले अल्पिनमा भएको पहिलो हाफ गोलरहित बराबरी टुंगिएको थियो । ५३ औं मिनेटमा डुसान भ्लाहोभिकको गोलमा युभेन्ट्सले अग्रता लियो । वेस्टन म्याकिनीले ७५ औं मिनेटमा अर्को गोल गरेपछि युभेन्ट्सको जित निश्चित बन्यो ।

    यो जितसँगै युभेन्टस ६ खेलबाट ११ अंक बटुल्दै १४औं स्थानमा उक्लिएको छ । समान खेलबाट ८ अंक जोडेको सिटी २२औं स्थानमा छ।

     

     



    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend