२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

काठमाडौंसँग हारेपछि लुम्बिनी लायन्स प्लेअफ होडबाट बाहिरियो


सञ्चार डबली
  • बुधबार, मंसिर २६ २०८१
  • 6.3K
    SHARES

  • images
    काठमाडौंसँग हारेपछि लुम्बिनी लायन्स प्लेअफ होडबाट बाहिरियो

    काठमाडौं, २६ मंसिर । नेपाल प्रिमियर लिग ९एनपीएल० क्रिकेट प्रतियोगिता अन्तर्गत काठमाडौं गुर्खाजसँग लुम्बिनी लायन्स पराजित भएको छ ।

    त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर पहिला ब्याटिङ रोजेको काठमाडौं गुर्खाजले सबै विकेट गुमाएर १०३ रनको योगफल बनाएको थियो । १०४ रनको लक्ष्य पाएको लुम्बिनी लायन्स ८५ रनमै सीमित हुँदा पाँचौँ पराजय व्यहोरेको हो ।

    जारी प्रतियोगितामा ६ खेल खेलिसकेको लुम्बिनी लायन्सले एक म्याचमा मात्र जित हासिल गरेको छ । लुम्बिनी लायन्सलाई लक्ष्यबाट टाढा राख्न काठमाडौं गुर्खाजका लागि करण केसीले ४, दिपेश कँडेलले ३, जेहार्ड एरासमसले २ विकेट लिए ।

    काठमाडौं गुर्खाजका लागि भीम सार्कीले ३१, ड्यान डोथवेटले २१, प्रतीक श्रेष्ठले २०, स्टेफन ईस्किनाजीले १३ रन बनाएका थिए । लुम्बिनी लायन्सका लागि सन्दीप जोराले सर्वाधिक २६ रन बनाए । 

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend