२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

 एनपीएलः लुम्बिनी लायन्सको पहिलो जित 


सञ्चार डबली
  • मंगलबार, मंसिर २५ २०८१
  • 5.8K
    SHARES

  • images
     एनपीएलः लुम्बिनी लायन्सको पहिलो जित 


    काठमाडौं । लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपीएलमा) पहिलो जित हात पारेको छ । मंगलबार टीयु क्रिकेट मैदानमा भएको खेलमा लुम्बिनी लायन्सले चितवन राईनोजलाई ३३ रनले पराजित गर्दै पहिलो जितको खाता खोल्न सफल भएको हो । 

    लुम्बिनी लायन्सले यो भन्दा अगाडीका चार खेल नै हारेको थियो । टस जितेर पहिला ब्याटिङ गरेको लुम्बिनी लायन्सले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १६८ रनको लक्ष्य दिएको थियो । 

    चितवन राईनोज निर्धारित २० ओभरको खेलमा ८ विकेट गुमाएर १३४ मात्र बनाउन सफल भएको थियो । चितवनका लुक बेनकेन्सटाइनले सर्वाधिक ३१ रन जोड्न सफल भएका थिए भने बलिङमा लुम्बिनीका कप्तान रोहित पौडेलले सर्वाधिक ४ विकेट लिएका थिए । 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend