२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

सूर्य नेपाल काठमाडौँ ओपन मङ्गलबारदेखि, ४५ खेलाडीले प्रतिस्पर्धा गर्ने


सञ्चार डबली
  • सोमबार, मंसिर २४ २०८१
  • 6.0K
    SHARES

  • images
    सूर्य नेपाल काठमाडौँ ओपन मङ्गलबारदेखि, ४५ खेलाडीले प्रतिस्पर्धा गर्ने

    सोमवार, मंसिर २४ २०८१
    काठमाडौँ । सूर्य नेपाल गल्फ टुर २०२४र२५ अन्तर्गत दोस्रो प्रतियोगिता सूर्य नेपाल काठमाडौँ ओपन मंगलवारदेखि रोयल नेपाल गल्फ क्लबमा सुरु हुँदैछ। ७२ होलको चार दिने प्रतियोगितामा ३३ प्रोफेसनल र १२ एमेच्योर गरी ४५ खेलाडीले प्रतिस्पर्धा गर्दैछन्।

    प्रतियोगिताको कुल पुरस्कार राशी ७ लाख ३५ हजार नगद पुरस्कार राशी रहेको नेपाल प्रोफेसनल गल्फर्स संघ ९पिजिए नेपाल०का महासचिव दिपक आचार्यले जानकारी दिए।

    विजेताले १ लाख ५० हजार प्राप्त गर्नेछ। दोस्रो र तेस्रो हुने खेलाडीहरूले क्रमश ८५ हजार र ६८ हजार नगद पुरस्कार हात पार्नेछन्। चौथो हुनेले ५५ हजार र पाँचौं हुनेले ४८ हजार नगद पुरस्कार प्राप्त गर्नेछन्। ३६ होलको समाप्तीमा कट लागु हुनेछ।

    उत्कृष्ट २१ प्रोफेसनल गल्फर तथा प्रो-कट बनाउने एमेच्योरले अन्तिम दुई दिनको लागि स्थान वनाउने छन्। कट बनाउने सबै प्रो गल्फरले नगद पुरस्कार हात पानेछन्। डिफेन्डिङ च्याम्पियन निरज तामाङ, नेपाल नम्बर एक प्रो भुवन नगरकोटी, रवि खड्का र दिनेश प्रजापति प्रमुख दाबेदार खेलाडी हुन्।

    उनीहरूलाई पछिल्लो प्रतियोगिताको विजेता एमेच्योर खेलाडी राहुल विश्वकर्मा र नेपाल नम्बर एक एमेच्योर सदभाव आचार्यले कडा चुनौती दिने अनुमान गरिएको छ। नेपाल प्रोफेसनल गल्फर्स संघ (एनपिजिए)का अध्यक्ष रविन्द्रमान श्रेष्ठले यस प्रतियोगितामा खेलाडीहरूको प्रभावशाली स्कोर आउनेमा विश्वस्त रहेको बताए। साथै उनले  प्रायोजक, सूर्य नेपाललाई निरन्तर सहयोगको लागि धन्यवाद दिए। 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend