२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

सात गाउँले जात्रा शुरू, कीर्तिपुर र चन्द्रागिरिमा भोलि सार्वजनिक बिदा


सञ्चार डबली
  • सोमबार, मंसिर २४ २०८१
  • 14.7K
    SHARES

  • images
    सात गाउँले जात्रा शुरू, कीर्तिपुर र चन्द्रागिरिमा भोलि सार्वजनिक बिदा


    काठमाडौं । काठमाण्डौको दक्षिणपश्चिम क्षेत्रमा सात गाउँले जात्रा शुरू भएको छ । कीर्तिपुर दरबार क्षेत्रसँगै आसपासका मच्छेगाउँ, बोसीगाउँ, ल्होखा, सतुङ्गल, पाँगा र नगाउँमा जात्रा हुने गर्छ ।

    सातगाउँले जात्रालाई नेपाल भाषामा बखुमद न्हय्गाँ भनिन्छ । काठमाण्डौको पश्चिमी भेगका सातगाउँका शक्तिपीठमध्ये बल्खुकी विष्णुदेवीलाई आमा र मच्छेगाउँ, बोसीगाउँ, सतुङ्गलका शक्तिपीठ र भैरवलाई सन्तान मानिन्छ ।

    आमालाई भेट्न हरेक वर्ष मङ्सिर शुक्ल नवमीका दिन सन्तानहरू आउने विश्वासअनुसार भोलि बिहानै सबै गाउँको रथ बल्खु सम्बद्ध गुठियार र गाउँलेले बाजागाजासहित चन्द्रागिरी तीनथानामा रहेको विष्णुदेवी मन्दिरमा ल्याउने गर्छन् ।

    भोलि नै कीर्तिपुरमा इन्द्रायणी जात्रा र पाँगाको दुई ठाउँमा विष्णुदेवी र बालकुमारी रथयात्रा हुने परम्परा छ । सातगाउँले जात्राका अवसरमा कीर्तिपुर नगरपालिका क्षेत्रभर भोलि सार्वजनिक बिदा दिएको छ । कीर्तिपुर नगरपालिकाको नगर कार्यपालिकाको हिजोको बैठकले भोलि बिदा दिने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत माधवप्रसाद ढकालले जानकारी दिए।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend