२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

एनपीएलः सुदूरपश्चिमको लगातार तेस्रो जित, लुम्बिनीको लगातार तेस्रो हार


सञ्चार डबली
  • शनिबार, मंसिर २२ २०८१
  • 6.2K
    SHARES

  • images
    एनपीएलः सुदूरपश्चिमको लगातार तेस्रो जित, लुम्बिनीको लगातार तेस्रो हार


    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएलमा) सुदूरपश्चिम रोएल्सले लगातार तेस्रो जित हात पारेको छ । शनिबार भएको खेलमा लुम्बिनी लायन्सलाई ४५ रनले पराजित गर्दै सुदूरपश्चिमले अपराजित यात्रा कायम राखेको हो । त्रिवि क्रिकेट मैदानमा सुदूरपश्चिमले दिएको १८८ रनको लक्ष्य पछ्याएको लुम्बिनीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १४२ रन मात्र बनाउन सक्यो । लुम्बिनीका लागि विवेक यादवले अविजित ७७ रन बनाए पनि टिमलाई जित दिलाउन सकेनन् । 

    विवेकले ५१ बलमा ३ चौका र ७ छक्का प्रहार गरे । सन्दीप जोराले २० र दिनेश अधिकारीले १४ रन जोड्दा लुम्बिनीका अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । कप्तान रोहित पौडेल ५, उन्मुक्त चन्द ४, अर्जुन साउद ०, रामोस सिमण्ड्स ०, सूर्य तामाङ ७, टम मुर्स ७ र साद विन जफर शुन्य रनमा आउट भए ।

    १९ रन जोड्दा ५ विकेट गुमाएको लुम्बिनीको ब्याटिङलाई विवेकले सम्हाल्ने कोशिस गरेपनि सफल हुन सकेनन् । उनलाई अन्य ब्याटरले साथ दिन सकेनन् । बलिङमा सुदूरपश्चिमका बलिङमा सुदूरपश्चिमका ब्रान्डन म्याकमुलेन र सैफ अलि जैबले ३–३ र स्कट कुगेलेइनले २ र अभिनास बोहराले एक विकेट लिए । त्यसअघि त्रिवि मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १८७ रन बनाएका थियो । 

    सुदूरपश्चिमका सैफ अली जैबले सर्वाधिक ९० रन बनाए । उनले ६१ बलमा ६ चौका र ५ छक्का प्रहार गरे । विनोद भन्डारीले १७, आरिफ शेख ०, ब्रान्डन म्याकमुलेन २३ र कप्तान दीपेन्द्रसिंह ऐरीले ३९ रन बनाएका थिए । सुदूरपश्चिमले यसअघि विराटनगर किंग्स र काठमान्डु गुर्खाजलाई पराजित गरेको थियो ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend