२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

गौसले प्रहार गरे एनपिएलको पहिलो शतक, पोखरासँग १० विकेटले हार्‍यो लुम्बिनी


सञ्चार डबली
  • शुक्रबार, मंसिर २१ २०८१
  • 5.4K
    SHARES

  • images
    गौसले प्रहार गरे एनपिएलको पहिलो शतक, पोखरासँग १० विकेटले हार्‍यो लुम्बिनी

    काठमाडौँ, मंसिर २१ । नेपाल प्रिमियर लिग (एनपीएल) मा पोखरा एभेन्जर्सले पहिलो जित दर्ता गराएको छ ।

    सुरुआती दुई खेल गुमाएको पोखराले तेस्रो खेलमा लुम्बिनी लायन्सलाई फराकिलो अन्तरले पराजित गरेको हो । टीयु क्रिकेट मैदानमा लुम्बिनीले दिएको १७१ रनको लक्ष्य पछ्याएको पोखराले १६ ओभर ५ बलमा विना विकेटको क्षतिमा पूरा गर्‍यो ।

    पोखराका ओपनर आन्द्रेस गौस र दिनेश खरेलले १७६ रनको कीर्तिमानी अविजित साझेदारी गरे । गौसले एनपीएलकै पहिलो शतक प्रहार गरे । गौस १०४ र खरेल ६१ रनमा अविजित रहे ।

    त्यसअघि टीयु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १७० रन बनाएको थियो ।
    लुम्बिनीका लागि कप्तान रोहित पौडेलले उत्कृष्ट ब्याटिङ गरेका थिए । उनी ५९ बलमा ९५ रनमा आउट भए । उनले चौथो विकेटका लागि टम मुर्ससँग शतकीय साझेदारी गरेका थिए । मुर्स ४५ रनमा आउट भए ।

    लुम्बिनीका दुई ओपनर शुन्य रनमा आउट हुँदा सन्दीप जोरा १८ रन बनाएर आउट भए । विवेक २ रनमा अविजित रहे । बलिङमा पोखराका विपिन खत्रीले २ र म्याट क्रिट्ले एक विकेट लिएको थियो ।

    लुम्बिनीको यो दोस्रो हार हो । यसअघि पहिलो खेलमा विराटनगरसँग पराजित भएको थियो ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend