२०८३, साउन ११ गते

images
Logo

Jul 27 2026 | २०८३, साउन ११ गते

images
  • सोमबार, साउन ११ २०८३
images

प्रदर्शनको १९ दिनमै हलबाट उत्रियो ‘ह्रस्व दीर्घ’, कति कमायो ?


सञ्चार डबली
  • शुक्रबार, मंसिर २१ २०८१
  • 7.8K
    SHARES

  • प्रदर्शनको १९ दिनमै हलबाट उत्रियो ‘ह्रस्व दीर्घ’, कति कमायो ?

    काठमाडौै, मंसिर २१ । भारतीय कलाकारहरूको अभिनय रहेको फिल्म नेपाली फिल्म ‘ह्रस्व दीर्घ’ले बिहीबारबाट हलबाट उत्रिएको छ । प्रदर्शनको १९ दिनमा पूरा भएपछि यो फिल्म हलबाट उत्रिएको हो ।

    कात्तिक ३० बाट प्रदर्शनमा आएको यस फिल्मले उक्त अविधिमा १० करोड ६० लाखको ग्रस कलेक्सन गरेको निर्माण पक्षले दाबी गरेको छ । तेस्रो साता पूरा भएपछि निर्माण पक्षले बिहीबार ग्रस कलेक्सन सार्वजनिक गरेको हो ।

    फिल्मकी मुख्य नायिकासमेत रहेकी निर्माता नीता ढुंगानले फेसबुकमार्फत् कलेक्सन सार्वजनिक गर्दै लेखेकी छन्, ‘हजुरहरूको माया ।’ यस फिल्मका ज्योतिषी एवम् नायक हरिहर अधिकार र नीता केन्द्रीय भूमिकामा छन् । उनीहरू दुई श्रीमान्–श्रीमती हुन् ।

    फिल्ममा भारतीय कलाकारहरू सुनील बर्मा, ब्रह्मानन्दम, पदीप रावत, मुहम्मद अली, कबिर दुहानको अभिनय छ । त्यस्तै, नेपाली कलाकारहरूमा सरोज खनाल, विपना थापा, सञ्जिता लुइँटेल र रेखा थापालगायतको अभिनय छ ।

    नीता फिल्मस्को ब्यानरमा बनेको यस फिल्मको कथा हरिहरको हो । फिल्मको लगानी ६ करोड रहेको बताइएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend