२०८३, साउन ११ गते

images
Logo

Jul 27 2026 | २०८३, साउन ११ गते

images
  • सोमबार, साउन ११ २०८३
images

पुष्पाको तेस्रो सिक्वेल बन्ने, पोष्टर सार्वजनिकः नाम ‘पुष्पाः ३ द र्याम्पेज’


सञ्चार डबली
  • बुधबार, मंसिर १९ २०८१
  • 7.0K
    SHARES

  • पुष्पाको तेस्रो सिक्वेल बन्ने, पोष्टर सार्वजनिकः नाम ‘पुष्पाः ३ द र्याम्पेज’

    काठमाडौं । अल्लु अर्जुनको आगामी फिल्म ‘पुष्पा २ः द रुल’ लाई लिएर निरन्तर चर्चा भइरहेको छ । फ्यानहरु फिल्मको प्रतिक्षामा छन् । चलचित्र पुष्पाः द राइज पहिलो भाग सन् २०२१ मा रिलिज भएको थियो । यो फिल्म पछि अल्लु अर्जुन र रश्मिका मन्डनाका फ्यानहरु पुष्पः २ को प्रतिक्षामा छन् ।

    पुष्पाः २ को प्रमोशनका क्रममा फिल्मका निर्माताहरुले पुष्पाः ३ को पहिलो पोस्टरको झलक देखाउन यस्तो गल्ती गरेका छन् । जुन अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

    वास्तवमा, फिल्मका निर्माताहरूले स्टुडियोबाट आफ्नो तस्विर सेयर गरेका छन्।पुष्पाः ३ पोस्टरको पहिलो झलक यो तस्विरको पछाडि देखिन्छ । अल्लु अर्जुनको ‘पुष्पा ३’ को नाम ‘पुष्पाः ३ द र्याम्पेज’ हो । जसमा जबरदस्त ड्रामा, दमदार एक्सन र पुष्पाको यात्राको अन्तिम अध्याय देख्न सकिनेछ ।

    पुष्पाको पहिलो झलकः ३ द र्‍याम्पेज सामाजिक सञ्जालमा तिब्र रुपमा भाइरल भइरहेको छ । अल्लु अर्जुन र रश्मिका मन्डन्नाका फ्यानहरूले पोस्टरलाई निकै मन पराइरहेका छन् ।

    रिपोर्टलाई विश्वास गर्ने हो भने पुष्पाः २ को बजेट करिब ५०० करोड रुपैयाँ छ । यो फिल्मको सिक्वेल सन् २०२१ मा आएको थियो र यो १५० करोडको बजेटमा बनेको थियो । फिल्मले विश्वभर ३५० करोड कलेक्सन गरेको थियो ।

    पुष्पाः २ लाई सुकुमारले निर्देशन गरेका हुन् । अल्लु अर्जुन र रश्मिकासँगै फहद फासिल महत्वपूर्ण भूमिकामा देखिनेछन् । पहिलो फिल्म ‘पुष्पाः द राइज’ ले अल्लु अर्जुनले निर्वाह गरेको पुष्पाको निडर र उग्र चरित्रको परिचय दर्शकलाई गराएको थियो । अब पुष्प २ः द रुलको कथाले नयाँ उचाइमा पुग्नेछ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend