२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

लक्ष्मी सनराइज बैंकको #DigitalDecember2024 अभियान सुरु, विशेष योजना र आकर्षक अफरहरू सार्वजनिक


सञ्चार डबली
  • मंगलबार, मंसिर १८ २०८१
  • 8.2K
    SHARES

  • images
    लक्ष्मी सनराइज बैंकको #DigitalDecember2024 अभियान सुरु, विशेष योजना र आकर्षक अफरहरू सार्वजनिक

    मंगलवार, मंसिर १८ २०८१
    काठमाडौं । लक्ष्मी सनराइज बैंकको डिजिटल बैंकिङ्ग प्रवर्द्वन गर्ने वार्षिक अभियान #DigitalDecember2024 अभियान सुरु भएको छ । ‘सहजताको नयाँ परिभाषा उपहारसँगै’ (Convenience redefined with rewards) नाराका साथ सो अभियानको छैठौँ संस्करण  सुरु भएको हो ।

    सो अभियानले बैंकका ग्राहक तथा उपभोक्तालाई डिसेम्बर महिनाभरी डिजिटल बैंकिङ्ग अपनाउन प्रोत्साहन गर्नका लागि बिभिन्न अफरहरू प्रदान गर्नुका साथै विभिन्न स्थानहरूमा वित्तीय साक्षरता बढाउन कार्यक्रमहरू पनि गर्ने बैंकले जनाएको छ ।

    यस अभियानमा ग्राहकहरूलाई डिजिटल रूपमा सशक्त बनाउन र उनीहरूको बैंकिङ अनुभव सरल बनाउनका लागि केके छन् योजना ?

    बैंकका ग्राहकहरूलाई विशेष अफर

    सरलीकृत कर दाखिला : डिसेम्बर महिनाभरी मोबाईल मनी मार्फत आफ्नो PAN (स्थायी लेखा नम्बर) वा NID (राष्ट्रिय परिचयपत्र)को विवरण अद्यावधिक गरी १०० रुपैयाँ वा बढीको मोबाईल रिचार्ज गर्ने ग्राहकहरूले बैंकबाट थप १०० रुपैयाँको रिचार्ज प्राप्त गर्नेछन् ।

    आफ्नो खातामा यसरी PAN वा NID अपडेट गर्नाले आफ्नो निक्षेपमा आर्जित ब्याजको कर कट्टी सजिलै प्रविष्ट हुनुका साथै अन्य फाइदाहरू पनि हुन्छन् ।

    सहज बिजुली बिल भुक्तानी : मोबाइल मनि प्रयोगकर्ताहरूले सजिलै एउटा मिस-कलमार्फत आफ्नो बिजुलीको बिल तिर्न सक्नेछन् । मोबाइल मनि एपबाटै सो सेवामा आबद्व भई डिसेम्बर महिनाभरी मिस–कल मार्फत बिल भुक्तानी गर्ने ग्राहकहरूले पनि १०० रुपैयाँ रिचार्ज प्राप्त गर्न सक्ने छन् ।

    क्रेडिट कार्डमा विशेष अफर : तोकिएको योग्यता पुगेका ग्राहकहरूले डिसेम्बर महिनाभरी क्रेडिट कार्डको आवेदन दिई सो सेवा लिएमा जारी शुल्क साथै ५ वर्षको वार्षिक शुल्कमा पनि छुट पाउनेछन् ।

    लचिलो वित्तीय समाधान

    आज किनौँ, भोली तिरौँ (BNPL) : क्रेडिट कार्ड

    ग्राहकहरूले डिसेम्बर महिनाभरी आफ्नो क्रेडिट कार्ड प्रयोग गरी ३० हजार रुपैयाँभन्दा बढिको खरिद गरेमा बिना कुनै प्रोसेसिङ शुल्क र ब्याज बिनै सो भुक्तानीलाई सरल किस्ताबन्दीहरूमा विभाजन गर्न सक्नेछन् ।

    अन्तर–बोर्डर भुक्तानी सेवा : लक्ष्मी सनराइज बैंकका QR सेवाग्राही व्यवसायीहरू (Fonepay Merchants) ले विभिन्न भारतीय मोबाइल वालेटमार्फत डिसेम्बर महिनाभरी भुक्तानी लिँदा लक्की ड्र द्वारा विभिन्न पुरस्कारहरू जित्न सक्नेछन्।

    वित्तीय शिक्षा कार्यक्रम

    यस अभियानको एक मूख्य भाग ‘डिजिटल संवाद’ पनि रहेको छ, जस अन्तर्गत बैंकले अन्य डिजिटल वित्तीय सेवाप्रदायकहरूसँगको सहकार्यमा देशका विभिन्न स्थानहरूमा वित्तीय चेतना सम्बन्धी अन्तरक्रियात्मक कार्यक्रमहरू आयोजना गर्नेछ ।

    कार्यक्रमहरू वित्तीय साक्षरता, डिजिटल बैंकिङ्ग सुरक्षा र नविनतम डिजिटल बैंकिङ्ग सुविधाहरूलगायतका विषयहरूमा केन्द्रित हुनेछन्।

    यस्तै, चेतनामूलक पहलहरूसँग विभिन्न प्रवर्द्धनात्मक कार्यक्रमहरूको माध्यमबाट यस अभियानले डिजिटल बैंकिङलाई सबैका लागि थप सुलभ, सुविधाजनक र सुरक्षित बनाउने लक्ष्य राखेको छ। #DigitalDecember2024 को अफर तथा अन्य जानकारी बैंकको आधिकारिक सामाजिक सञ्जालहरूमा पाउन सकिनेछ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend