२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

 सोचेजस्तो खेल्न सकेनौं, अब सुधार्छौ : सन्दिप लामिछाने


सञ्चार डबली
  • मंगलबार, मंसिर १८ २०८१
  • 7.9K
    SHARES

  • images
     सोचेजस्तो खेल्न सकेनौं, अब सुधार्छौ : सन्दिप लामिछाने


    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा मंगलबार भएको पहिलो खेलमा विराटनगर किङ्सले हार व्यहोर्नु परेको थियो । यो विराटनगरको लगातार दोस्रो हार थियो । खेल पश्चात सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै विराटनगर किङ्सका कप्तान सन्दिप लामिछानेले आउने खेलहरुमा अहिले भएका गल्तीहरुलाई सुधार गर्ने कोसिश गर्ने बताएका छन् । 

    उनले जे जस्तो भएपनि हार नमानेको र अर्को खेलमा राम्रो प्रदर्शन गर्ने आशा गरेको बताएका छन् ।  उनले भने, ‘आउने खेलहरुमा अहिले भएका गल्तीहरुलाई सुधार गर्ने कोशिस गर्छौ । मैंले आफैले सोचेको कुरा पनि पूरा गर्न सकेको छैन् । अब आउने खेलमा राम्रो गर्ने सोच छ । प्रेसर त छ तर ठिकै छ, टिमले राम्रो नै खेलेको हो अझै राम्रो गर्नु हुन्छ भन्ने आशा छ ।’

    आजको टस जितेर पनि विराटनगरले खेलमा राम्रो प्रदर्शन गर्न सकेन् । यता अर्को टिम सुदूरपश्चिम रोयल्सले पहिलो खेलबाट नै जितको सुरुवात गरेको छ । टस हारेरपनि सुदूरपश्चिमले राम्रो रन लिन सफल भएको छ । 

    यस्तै, सुदूरपश्चिमका कप्तान दिपेन्द्रसिंह ऐरीले सबैको साथ भएमा आगामी खेलहरु पनि राम्रो गर्ने भन्दै खुसि व्यक्त गरेका छन् । उनले भने, ‘हामीले १५० रनभन्दा मार्थि गयौं भने जित्न सक्छौ भन्ने सोच बनाएर आएका थियौं । हामीले अन्त्यमा गएर राम्रो तरिकाले खेल्न सक्यौ र जित्यौ । हामीलाई यसै गरि साथ दिने हो भने अगामी दिनहरुमा अझै राम्रो खेल्ने आशा राखेको छु ।’
     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend