२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

म्यानचेस्टर सिटी २–० ले पराजित, लिभरपुल शीर्ष स्थानमा बलियो


सञ्चार डबली
  • सोमबार, मंसिर १७ २०८१
  • 5.8K
    SHARES

  • images
    म्यानचेस्टर सिटी २–० ले पराजित, लिभरपुल शीर्ष स्थानमा बलियो

    काठमाडौं। लिभरपुलले आइतबार राति इङ्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीलाई २–० ले पराजित गर्दै शीर्ष स्थानमा आफ्नो अग्रता नौ अंकले बढाएको छ। यो जितमा मोहम्मद सलाहले एक गोल गर्दै अर्को गोलको लागि पास दिए।

    घरेलु समर्थकहरूले सिटीका प्रशिक्षक पेप ग्वार्डिओलामाथि कटाक्ष गर्दै बर्खास्तीको माग गरेका थिए। यस हारसँगै सिटीले सन् २००८ पछि पहिलो पटक लगातार चार प्रिमियर लिग खेलमा पराजय भोगेको छ।

    लिभरपुलले १३ खेलपछि आर्सनललाई ९ अंकले पछि पार्दै शीर्ष स्थान सुरक्षित गरेको छ। लिभरपुलको ३४ र समान खेल खेलेको आर्सनल र चेल्सीको २५ अंक छ। लिभरपुलका नयाँ प्रशिक्षक आर्ने स्लटको नेतृत्वमा यो २० खेलमा १८औं जित हो। उनले भने, ‘आर्सनल र चेल्सीजस्ता टोलीले पनि जितको लय बनाउन सक्छन्। त्यसैले एक–दुई जितपछि उत्साहित हुनु आवश्यक छैन।’यो सिजन लिभरपुल शीर्ष स्थानमा बलियो देखिएको छ भने सिटीको खराब प्रदर्शनले लिग दौड थप रोचक बनेको छ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend