२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

रिलायन्स फाइनान्सले  लुम्बिनी लायन्ससँग गर्यो  एनपिएल २०८१ प्रायोजन गर्ने सम्झौता


सञ्चार डबली
  • शुक्रबार, मंसिर १४ २०८१
  • 6.8K
    SHARES

  • images
    रिलायन्स फाइनान्सले  लुम्बिनी लायन्ससँग गर्यो  एनपिएल २०८१ प्रायोजन गर्ने सम्झौता

    शुक्रवार, मंसिर १४ २०८१
    काठमाडौँ । नेपालका प्रमुख वित्तीय संस्थाहरूमध्ये एक, रिलायन्स फाइनान्स लिमिटेडले लुम्बिनी लायन्ससँग एनपिएल २०८१ प्रायोजन गर्ने सम्झौता गरेको छ । आगामी नेपाल प्रिमियर लिग (एनपीएल)को लुम्बिनी लायन्स फ्रेन्चाइजसँग प्रायोजन सम्झौता गरेको हो। रिलायन्स फाइनान्सले लुम्बिनी लायन्ससँग आधिकारिक वित्तीय साझेदारको रूपमा सहभागिता गर्ने छ। 

    सम्झौतापत्रमा रिलायन्स फाइनान्सका सिइओ समाज प्रकाश श्रेष्ठ र लुम्बिनी लायन्सका क्रिकेट म्यानेजर राज जङ्ग थापाको उपस्थितिमा हस्ताक्षर गरिएको थियो। यस साझेदारीले रिलायन्स फाइनान्सको नेपाली खेलकुदको विकास र वृद्धिमा योगदान दिने बचनबद्धतालाई उजागर गर्दछ। रिलायन्स फाइनान्सका सिइओ समाज प्रकाश श्रेष्ठले प्रस्ट पारे । लुम्बिनी लायन्स फ्रेन्चाइज, जसको नेतृत्व नेपाल राष्ट्रिय टोलीका कप्तान रोहित पौडेलले गर्दैछन्।

    अनुभवी र प्रतिभाशाली अन्तर्राष्ट्रिय र राष्ट्रिय खेलाडीहरूको समूहलाई समेटेको फ्रेन्चाइजको सबैभन्दा ठूलो विदेशी खेलाडी आईपीएल २०१६ को फाइनलका स्टार बेन कटिङ्ग हुन्, जसले विराट कोहलीको आरसीबीलाई पराजित गरेका थिए। यसका साथै भारतका यू–१९ विश्वकप विजेता कप्तान उन्मुक्त चन्द, इंग्ल्याण्डका उदाउँदो स्टार टम मूरस, क्यानाडाका कप्तान साद बिन जफर र वेस्ट इन्डिजका रामोन सिम्मन्ड्स फ्रेन्चाइजका प्रमुख विदेशी खेलाडीहरु हुन्।

    फ्रेन्चाइजका राष्ट्रिय खेलाडीहरुमा बिबेक यादव, सन्दीप जोरा र सूर्या तामाङ रहेका छन्। नेपाल प्रिमियर लिगमा आठ वटा फ्रेन्चाइज भाग लिनेछन्, र प्रतियोगिता ३० नोभेम्बर २०२४ देखि सुरु हुनेछ।

    लुम्बिनी लायन्सले ४ डिसेम्बर २०२४ मा विराटनगर किड्ससँग आफ्नो पहिलो खेल खेल्नेछ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend