२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

एनपिएलका लागि कर्णाली याक्सको मूख्य प्रायोजकमा अग्नी ग्रुप


सञ्चार डबली
  • शुक्रबार, मंसिर १४ २०८१
  • 8.3K
    SHARES

  • images
    एनपिएलका लागि कर्णाली याक्सको मूख्य प्रायोजकमा अग्नी ग्रुप

    शुक्रबार, मंसिर १४, २०८१
    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)का निम्ति कर्णाली याक्सले मुख्य प्रायोजकमा अटोमोबाइल उत्पादक कम्पनी महिन्द्रा, अग्नि ग्रुपसँग सम्झौता गरेको छ । शुक्रबार काठमाडौंमा दुई पक्षबीच सम्झौता भएको हो ।

    सम्झौता पत्रमा कर्णाली याक्सका मालिक झनकदत्त खनाल र महिन्द्राकी उपाध्यक्ष वेदा सताशा श्रेष्ठले हस्ताक्षर गरे । कार्यक्रममा हिमालयन विल्डर्स एन्ड इन्जिनियर्सका उपाध्यक्ष सुजन खनाल, कर्णाली याक्सका सहमालिक गृहेन्द्र घिमिरे, महिन्द्रा रिसर्च एन्ड डेभलपमेन्ट म्यानेजर वेदान्त श्रेष्ठ, मार्केटिङ म्यानेजर सन्तोषी नेपाल, फेस अफ कर्णाली याक्स स्वस्तिमा खड्का, योंगेस्ट फेस अफ कर्णाली याक्स अर्पित कार्कीको उपस्थित थियो ।

    महिन्द्रा, अग्नि ग्रुपका उपाध्यक्ष श्रेष्ठले कर्णाली याक्ससँग जोडिन पाउँदा खुसी भएको बताउँदै शुभकामना व्यक्त गरिन् । “आगामी लिगको लागि कर्णाली याक्ससँग जोडिन पाउँदा खुसी छौँ । कर्णाली याक्सलाई प्रतियोगिताको लागि शुभकामना ।”यस्तै, कर्णाली याक्सको स्टेन्थ पार्टनरमा टेन प्लास्ट र फेन्टासी पार्टनरमा ड्रिम ११ सँग सम्झौता गरिएको छ ।

    m2.jpg
    undefined

    ज्ञानेन्द्र मल्ल प्रशिक्षक तथा सोमपाल कामी मार्की रहेको कर्णाली याक्सले चार विदेशी खेलाडी अनुबन्ध गरेको छ । कर्णाली याक्सले गएको साता विश्व क्रिकेटकै चर्चित खेलाडी शिखर धवनलाई टिममा अनुबन्ध गरिसकेको छ । उनी एनपीएल खेल्ने सबैभन्दा ठूलो नाम हुन् ।

    टिममा वेस्ट इन्डिजबाट टेस्ट खेलिसकेका चाडविक वाल्टन, हङकङबाट अन्तर्राष्ट्रिय खेल खेलिरहेका अनुभवी खेलाडी बाबर हायात पनि छन् । यस्तै, टिममा नेपाली राष्ट्रिय टोलीबाट खेलिरहेका गुल्सन झा, देव खनाल, नन्दन यादव छन् । ‘बी’ श्रेणीबाट अर्जुन घर्तीसहित रित गौतम, मौसम ढकाल र भुवन कार्की छन् । ‘सी’ श्रेणीबाट दीपेन्द्र रावत र युनिसविक्रमसिंह ठकुरीसँगै दीपक डुम्रे छन् । ट्यालेन्ट हन्टबाट विपीनप्रसाद शर्मालाई आइकोनिक प्लेयर्सका रूपमा छनोट गरिएको छ ।

    कर्णाली याक्सले यसअघि कलाकार स्वस्तिमा खड्कालाई फेस अफ कर्णाली याक्स नियुक्त गरिसकेको छ । टिमको युथ एम्बास्डरमा सिसन बानियाँ छन् । हस्पिटालिटी पार्टनरमा होटेल हिल्टन रहेको छ ।

    प्रतियोगिता यही मंसिर १५ देखि पुस ६ गतेसम्म सञ्चालन हुँदै छ । कर्णाली याक्सले आफ्नो पहिलो खेलमा जनकपुर बोल्टको सामना गर्नेछ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend