२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

युरोपेली च्याम्पियन्स लिग : तीन गोलको अग्रता जोगाउन नसक्दा बराबरीमा रोकियो म्यानचेस्टर सिटी


सञ्चार डबली
  • बुधबार, मंसिर १२ २०८१
  • 7.3K
    SHARES

  • images
    युरोपेली च्याम्पियन्स लिग : तीन गोलको अग्रता जोगाउन नसक्दा बराबरीमा रोकियो म्यानचेस्टर सिटी

    १२ मंसिर २०८१, बुधबार

    काठमाडौं – युरोपेली च्याम्पियन्स लिगको मंगलबार राति भएको खेलमा ३ गोलको अग्रता जोगाउन नसकेको म्यानचेस्टर सिटी बराबरीमा रोकिएको छ।

    तीन गोलले पछाडि परेको फियुनार्डसँग सिटी ३-३ गोलको बराबरीमा रोकिएको हो। एर्लिङ हलान्डको २ तथा इल्के गुर्डोगानको एक गोलमा सिटी ५३ औं मिनेटसम्म तीन गोलले अघि थियो।

    हारको नजिक पुगिसकेको डच टोली फियुनार्डलाई कम ब्याक गराउने क्रममा सिटीको रक्षापक्तिको गल्तीको पाइदा उठाउँदै ७५ औँ मिनेटमा हाडजी मोउसाले पहिलो गोल गरे। वैकल्पिक खेलाडीको रूपमा मैदानमा प्रवेश गरेका स्यान्टियागो गिमेनेजले ८२ औँ मिनेटमा छातीले बललाई नियन्त्रणमा लिँदै आकर्षक गोल गरेका थिए। ८९ औँ मिनेटमा डेभिड हान्कोले गोल गर्दै फियुनार्डलाई महत्त्वपूर्ण खेलमा एक अङ्क दिलाए।

    गएको ४ साता सिटीका लागि अत्यन्त खराब भएको छ। इएफएल कपबाट बाहिरिएको सिटी यसै बिचमा प्रिमियरसिपका तीन खेलमा पराजित भयो। साथै च्याम्पियन्स लिगका २ खेलमा १ अङ्क मात्र बटुल्न सफल भयो।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend