२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

बिवाइडीको वार्षिकोत्सव र विश्वव्यापी करोड एनइभि उत्पादनको अवसरमा साइमेक्स इन्कले पूरा गर्यो सय युनिट डेलिभरी


सञ्चार डबली
  • बिहीबार , मंसिर ६ २०८१
  • 8.7K
    SHARES

  • images
    बिवाइडीको वार्षिकोत्सव र विश्वव्यापी करोड एनइभि उत्पादनको अवसरमा साइमेक्स इन्कले पूरा गर्यो सय युनिट डेलिभरी

    बिहिवार, मंसिर ६ २०८१
    काठमाडौँ । बिवाइडीको ३०औँ वार्षिकोत्सव र एक करोडौँ एनइभि विश्वव्यापी उत्पादनको अवसरमा, बिवाइडी र साइमेक्स इन्कले नेपालभर एक सय युनिट विद्युतीय गाडी डेलिभरी गर्दै अर्को ठूलो उपलब्धि हासिल गरेको छ ।

    यसले नेपाललाई दिगो यातायाततर्फ उन्मुख गराउने प्रयासलाई अझ बलियो बनाउदै हरित भविष्यप्रतिको बिवाइडीको प्रतिबद्धता देखाएको छ । यस उपलब्धिले बिवाइडीको विश्वव्यापी अटोमोटिभ इन्डस्ट्रीमा भएको क्रान्तिकारी नेतृत्व र नेपालमा यसको बढ्दो प्रभावलाई झल्काउँछ ।

    वार्षिकोत्सवको अवसरमा १०० विद्युतीय गाडी डेलिभरीले नेपालको दिगो यातायात समाधानप्रतिको रुचि र बिवाइडीको प्रविधिमाथि ग्राहकहरूको विश्वास प्रस्ट्याउँछ ।

    विश्वव्यापी रूपमा, बिवाइडी १ करोड एनइभि उत्पादन गर्ने पहिलो गाडी निर्माता बनेको छ, जसले नवप्रवर्तन, दिगोपन, र शून्य उत्सर्जनतर्फको भविष्यप्रतिको प्रतिबद्धता प्रमाणित गर्दछ ।

    नेपालले हरित भविष्य अँगाल्दै गर्दा, साइमेक्स इन्कले बिवाइडीका बिवाइडी अट्टो थ्री, बिवाइडी डल्फिन, बिवाइडी सेल जस्ता आधुनिक मोडलहरू प्रवर्द्धन गर्न महत्त्वपूर्ण भूमिका खेलेको छ । यी गाडीहरूमा अत्याधुनिक ब्लेड ब्याट्री प्रविधि, सुरक्षाको उच्च स्तर, र उत्कृष्ट प्रदर्शनको कारणले नेपाली ग्राहकहरूको रोजाइमा परेका छन् ।

    11111111.jpg
    undefined

    सो अवसरमा साइमेक्स इन्कका नेश्नल सेल्स प्रमुख अशुतोष गौतमले भने, “बिवाइडीको ३०औँ वार्षिकोत्सवमा नेपालभर १०० गाडी डेलिभरीको उपलब्धि हाम्रो लागि गर्वको क्षण हो । यो हाम्रो टोलीको मेहनत र ग्राहकहरूको विश्वासको प्रमाण हो । सँगसँगै, हामी नेपालको दिगो यातायाततर्फ यात्राको गति बढाउँन मद्दत गर्दैछु ।”

    उनले थपे, “बिवाइडी र साइमेक्सले यस महत्त्वपूर्ण उपलब्धि मनाउँदै नवप्रवर्तन, पूर्वाधार विस्तार, र समुदाय–केन्द्रित पहलहरूमार्फत नेपालमा हरित यातायातलाई अघि बढाउने प्रतिबद्धता देखाएको छ । यो सफलता नेपालको दिगो विकास र सफा अनि हरित भविष्यको लक्ष्यहरू प्राप्त गर्ने उद्देश्यको एउटा महत्त्वपूर्ण कदम हो ।” 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend