२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

भारतीय सिनेमाका सबैभन्दा बढी पारिश्रमिक लिने अभिनेता बने अल्लु अर्जुन


सञ्चार डबली
  • मंगलबार, मंसिर ४ २०८१
  • 7.6K
    SHARES

  • images
    भारतीय सिनेमाका सबैभन्दा बढी पारिश्रमिक लिने अभिनेता बने अल्लु अर्जुन


    काठमाडौं । अल्लु अर्जुन भारतीय सिनेमामा सबैभन्दा बढी पारिश्रमिक लिने अभिनेता बनेका छन् । अल्लु अर्जुनले उनको आगामी फिल्म पुष्पा–२ का लागि ३०० करोड पारिश्रमिक लिएर भारतमा सबैभन्दा महँगा अभिनेता बनेका हुन् ।

    उनले शाहरुख खान, सलमान खान र थालापथी विजयलाई पछाडि छोडेका छन् । शाहरुखले ‘पठान’का लागि २०० करोड पारिश्रमिक लिएका थिए । विजयले थालापथी ६९ का लागि २५० करोड भारु पारिश्रमिक लिएको बताइएको छ ।

    अल्लु अर्जुनको फिल्म पुष्पा २ डिसेम्बर ५ मा रिलिज हुँदैछ । पुष्पा २ को हालै ट्रेलर सार्वजनिक भएको छ । निर्माण पक्षले आइतबार भारतको बिहारको पटनामा विशेष कार्यक्रम आयोजना गरेर फिल्मको ट्रेलर सार्वजनिक गरको हो ।

    डिसेम्बर ५ मा हलमा रिलिज हुने तयारीमा रहेको यो फिल्मले रिलिज हुनुअघि नै उत्कृष्ट प्रि–कलेक्शन रेकर्ड बनाएको छ । रिपोर्टका अनुसार फिल्मले रिलिजअघि नै ९ सय करोड कमाइसकेको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend