२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

१५ मिनेटका लागि स्थगित गरिएको प्रतिनिधिसभा बैठक सुरु


सञ्चार डबली
  • शुक्रबार, जेठ २६ २०८०
  • 8.1K
    SHARES

  • images
    १५ मिनेटका लागि स्थगित गरिएको प्रतिनिधिसभा बैठक सुरु

    २६ जेठ २०८०, शुक्रबार  

    काठमाडौं– स्थगित गरिएको प्रतिनिधिसभा बैठक सुरु भएको छ । अर्थमन्त्री डा. प्रकाशशरण महत अनुपस्थित भएपछि १५ मिनेटका लागि स्थगित गरिएको प्रतिनिधिसभा बैठक सुरु भएको हो । 

    संघीय संसद्को दुवै सदनमा अर्थमन्त्री डा. प्रकाशशरण महतले प्रस्तुत गरेको आर्थिक वर्ष २०८०(०८१ को आय र व्ययको अनुमानित विवरणमाथि छलफल चलिरहेको छ । 

    राष्ट्रिय सभामा छलफलमा क्रममा सदस्यहरूले उठाएका प्रश्नको अर्थमन्त्री महतले शुक्रबार जवाफ दिने कार्यक्रमअनुसार उनी प्रतिनिधिसभामा अनुपस्थित भए । जसलाई रास्वपा सांसद सुमना श्रेष्ठले नियमापत्ति जनाएपछि प्रतिनिधिसभा बैठक शुक्रबार नै बस्नेगरी १५ मिनेटका लागि स्थगित गरिएको थियो । 

    स्थगित प्रतिनिधिसभा बैठक सुरु भएको छ र उक्त विवरणमाथिको छलफलमा रास्वपा सांसद स्वर्णिम वाग्ले सहभागी भएका छन् ।

  • सम्बन्धित विषय:

  • # प्रतिनिधिसभा बैठक
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend