२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

चौथो टी–२० खेलः  इंग्ल्याण्डविरुद्ध वेस्ट इन्डिजको जित


सञ्चार डबली
  • आइतबार, मंसिर २ २०८१
  • 7.5K
    SHARES

  • images
    चौथो टी–२० खेलः  इंग्ल्याण्डविरुद्ध वेस्ट इन्डिजको जित


    काठमाडौं । ब्याट्सम्यान जमेको चौथो टी–२० खेलमा वेस्ट इन्डिजले इङ्गल्यान्डलाई ५ विकेटले हराएको छ। इंग्ल्याण्डले दिएको २१९ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिजले १ ओभर बाँकी रहँदा ५ विकेटको क्षतिमा २२१ रन जोडेको हो।

    वेस्ट इन्डिजको जितका लागि प्रारम्भिक जोडी एभिन लेविस र साइ होपले ९ ओभरमा १३६ रनको साझेदारी गरेका थिए। १० औँ ओभरको पहिलो बलमा रेहन अहमदको बलमा लेविस आउट भएपछि सो साझेदारी टुटेको थियो। सो समयमा खेल वेस्ट इन्डिजको पक्षमा पुगिसकेको थियो। लेविसले ३१ बलमा ४ चौका र ७ छक्काको सहयोगमा ६८ रन प्रहार गरे।

    त्यसपछिको बलमा अर्का प्रारम्भिक ब्याट्सम्यान साइ होप रन आउट भएका थिए। उनले २४ बलमा ७ चौका र ३ छक्काको सहयोगमा ५४ रन जोडेका थिए।

    अहमदले लगत्तै अर्को बलमा निकोलास पूरणलाई पनि डक आउट गरेका थिए। १० औं ओभरको पहिलो ३ बलमा ३ विकेट लिनुका बाबजुद इंग्ल्याण्ड खेलमा फर्कन भने असमर्थ रह्यो।कप्तान रोभमान पावेल २३ बलमा ३८ रन प्रहार गर्न सफल भए भने स्टेफन रुथरफोर्डले १७ बलमा २९ रन जोडे।

    टस हारेर पहिले ब्याटिङ गरेको इंग्ल्याण्डले ५ विकेटको क्षतिमा २१८ रन जोडेको थियो। फिल साल्टले ३५ बलमा ५५ रन प्रहार गरे। उनको पारीमा ५ चौका ४ छक्का समावेश थियो। ज्याकोब बेथेल अविजित रहँदै ३२ बलमा ६२ रन जोडे। होप सो खेलको म्यान अफ द म्याच बने।५ खेलको शृङ्खला यसअघि तेस्रो खेलको समाप्तिमा नै इंग्ल्याण्डले जितिसकेको छ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend