२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

रोनाल्डोको दुई गोलसँगै पोर्चुगल क्वाटरफाइनलमा


सञ्चार डबली
  • शनिबार, मंसिर १ २०८१
  • 6.9K
    SHARES

  • images
    रोनाल्डोको दुई गोलसँगै पोर्चुगल क्वाटरफाइनलमा

    २०८१ मङ्सिर १ शनिबार
    काठमाडौँ । पोर्चुगलले युइएफए नेसन्स लिग फुटबल अन्तर्गत गएराती सम्पन्न खेलमा पोल्याण्डलाई ५-१ गोलको फराकिलो अन्तरले पराजित गर्दै क्वार्टरफाइनलमा स्थान पक्का गरेको छ ।

    पोर्चुगलको जितमा क्रिस्टियानो रोनाल्डोले २ गोल गरेका थिए । ५९ औं मिनेटमा राफेलले गोल गर्दै पोर्चुगललाई अग्रता दिलाए । ७२औं मिनेटमा रोनाल्डोले पेनाल्टीमार्फत गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए। ८०औं मिनेटमा पोर्चुगलले अग्रता ३-० म पुर्यायो । पोर्चुगलका फर्नान्डेजले टोलीको लागि तेस्रो गोल गरे । ८३औं मिनेटमा रोनाल्डोको पासमा पेड्रोले गोल गरे । ८७औं मिनेटमा रोनाल्डाले व्यक्तिगत दोस्रो गोल गरे । त्यसैगरी पोल्याण्डका लागि एक गोल डोमिनिक मार्कजुकले गरेका थिए ।

    यो जितपछि पोर्चुगलले समुह एकमा ५ खेलमा १३ अंक हासिल गर्दै शिर्ष स्थानमा रहेको छ । त्यस्तै पोल्याण्डको भने ५ खेलमा ४ अंक छ र समुहमा तेस्रो स्थानमा रहेको छ । लिग ए समूह १ को अर्को खेलमा स्कटल्यान्डले क्रोएसियालाई १-० ले पराजित गर्‍यो ।

    अब पोर्चुगलले नेसन्स लिगको समुह चरणको अन्तिम खेलमा नोभेम्बर १९ मा क्रोसियासँग खेल्ने तालिका रहेको छ । सोहि दिन पोल्याण्डले भने स्कटल्याण्डको सामना गर्ने छ । 

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend