२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

फुडमाण्डुको १४ औं वार्षिकोत्सवको अवसरमा फुडमाण्डु वानमार्टको शुभारम्भ

ʻफ्यान्टास्टिक १४’ क्याम्पेनमाफर्त ७० प्रतिशतसम्म छुट


सञ्चार डबली
  • सोमबार, कात्तिक २६ २०८१
  • 8.5K
    SHARES

  • images
    फुडमाण्डुको १४ औं वार्षिकोत्सवको अवसरमा फुडमाण्डु वानमार्टको शुभारम्भ

    सोमवार, कार्तिक २६ २०८१

    काठमाडौँ - नेपालकै पहिलो र लोकप्रिय फुड डेलिभरी कम्पनी फुडमाण्डुले आफ्नो १४ औं वार्षिकोत्सव मनाउँदै फुडमाण्डु वानमार्ट सुरूवात गरेको छ । सन् २०१० मा स्थापना भएदेखि फुडमाण्डुले अनलाइन फुड डेलिभरी सेवा सुरू गरेर ग्राहकवर्गलाई आफ्नो मनपर्ने रेस्टुरेन्टको खाना सजिलै घरमै पुर्याउँदै आएको छ । अहिले फुडमाण्डु काठमाडौं, पोखरा र चितवनमा पूर्ण रूपमा स्थापित भइसकेको छ । 

    फुडमाण्डु वानमार्टको सुरूवातसँगै अब फुडमाण्डुले ग्राहकहरूलाई ग्रोसरी लगायत दैनिक आवश्यक वस्तुहरू पनि घरमै डेलिभरी गर्नेछ । अब ग्राहकहरूले फुडमाण्डु एपबाट ७०० भन्दा बढी उच्च गुणस्तरीय वस्तुहरूको तुरून्तै र भरपर्दो डेलिभरी पाउनेछन् । हालको लागि यो सेवा गैरीधाराबाट ३ किलोमिटरको दायराभित्र पर्ने महाराजगन्ज, धुम्बाराही, बालुवाटार र मैतीदेवी जस्ता क्षेत्रहरूमा उपलब्ध छ भने छिटै नै यो सेवा काठमाडौँ उपत्यकाभरी विस्तार गरिने कम्पनीले जनाएको छ ।

    1731328058-uQ7pX     222.jpg
    undefined

    सो अवसरमा फुडमाण्डुका संस्थापक तथा प्रबन्ध निर्देशक मनोहर अधिकारीले भने, “फुडमाण्डुले ग्राहकवर्गको आवश्यकता अनुसार सेवालाई विकास गर्दै आएको छ । फुडमाण्डु वानमार्टको माध्यमबाट हामी ग्राहकलाई दैनिक आवश्यक पर्ने हरेक दिनको किनमेललाई पनि मनपर्ने खाना अर्डर गरेजस्तै सहज बनाउन चाहन्छौँ ।”

    साथै १४ औं वार्षिकोत्सवको अवसरमा फुडमाण्डुले ʻफ्यान्टास्टिक १४’ नामक सेल्स क्याम्पेनको सुरूवात गर्दै ७० प्रतिशतसम्मको छुट प्रदान गर्ने भएको छ । यस क्याम्पेनमा ग्राहकहरूलाई फ्ल्याट डिस्काउन्ट, कम्बो अफर, बाई वान गेट वान डिल, क्याटेगोरी क्रन्च, फोर्टिन बाइट्स प्लेटर, फोर्टिन डेज - फोर्टिन मेगा अफर र फोर्टिन्थ आवर सेल्स जस्ता आकर्षक अफरहरू उपलब्ध हुनेछन् । यी सबै अफरहरू फुडमाण्डुको १४ वर्षको अद्भुत यात्राको उत्सव मनाउन र ग्राहकहरूलाई आभार व्यक्त गर्न तयार गरिएको हो ।

    आगामी दिनमा पनि ग्राहकहरूको सन्तुष्टिलाई अझै माथि उठाउन र ग्राहक केन्द्रित अभियानहरू ल्याउँदै अघि बढ्न फुडमाण्डु प्रतिबद्ध रहेको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend