२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

 इंग्लिस प्रिमियर लिग फुटबलः म्यानचेस्टर सिटी पराजित


सञ्चार डबली
  • आइतबार, कात्तिक २५ २०८१
  • 7.3K
    SHARES

  • images
     इंग्लिस प्रिमियर लिग फुटबलः म्यानचेस्टर सिटी पराजित


    काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटी पराजित भएको छ । सिटीले खेलेको पछिल्ला चार खेलमा लगातार पराजयको सामना गर्नु परेको हो । शनिबार राति भएको खेलमा ब्राइटन एण्ड होभ अल्बिओनभसँग २–१ गोलको हार व्यहोर्न पुग्यो । 

    सिटीले सुरुआती अग्रता लिए पनि दोस्रो हाफमा अग्रता जोगाउन असफल भएको थियो । सिटीका लागि पहिलो गोल २३औं मिनेटमा स्टार स्ट्राइकर एर्लिङ हालान्डले गरेका थिए ।  तर ब्राइटनले दोस्रो हाफमा कमब्याक गर्न सफल भयो । जोआओ पेड्रोले ७८औं मिनेटमा बराबरी गोल गरेका थिए । 

    यसैगरी म्याट ओरिलिले ८३ औं मिनेटमा गोल गर्दै खेल ब्राइटनको पक्षमा ल्याए । पेप ग्वार्डियोलाको कोचिङ करियरमा यो उनको पहिलो पटक लगातार चार खेलमा पराजय भएको हो । जसले सिटीलाई शीर्ष स्थानको दौडमा पछि पारेको छ ।ब्राइटनसँगको पराजयले म्यानचेस्टर सिटीलाई ११ खेलमा २३ अङ्कसहित दोस्रो स्थानमा राखेको छ । 

    शीर्ष स्थानको लिभरपुलले एस्टन भिल्लालाई हराउँदै सिटीलाई पाँच अङ्कले पछि पारेको छ । ब्राइटन भने १९ अङ्कसहित चौथो स्थानमा पुगेको छ । फुलहमले लन्डनका प्रतिद्वन्द्वी क्रिस्टल प्यालेसलाई २–० ले हराउँदै तालिकामा सातौं स्थानमा चढेको छ । बन्टफोर्डले बर्नमाउथलाई ३–२ ले हराउँदै शीर्ष १० भित्र आफ्नो स्थान सुरक्षित गरेको छ । 

    वुल्भ्सले पनि उत्कृष्ट प्रदर्शन गर्दै साउथह्याम्प्टनलाई २–० ले हराउँदै तालिकाको तल्लो स्थानबाट बाहिरिएको छ । पाब्लो साराबियाले दोस्रो मिनेटमै गोल गर्दै वुल्भ्सका लागि प्रिमियर लिगमा सबैभन्दा छिटो गोल गरेका छन् । यसैगरी, वेस्ट ह्याम युनाइटेड र एभर्टनबीचको खेल भने गोलरहित बराबरीमा सकिएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend