२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

 यू-१९ महिला टी-२० विश्वकप एसिया छनोट: नेपालको लगातार दोस्रो जित


सञ्चार डबली
  • बिहीबार , कात्तिक २२ २०८१
  • 8.3K
    SHARES

  • images
     यू-१९ महिला टी-२० विश्वकप एसिया छनोट:  नेपालको लगातार दोस्रो जित

     

    काठमाडौं । नेपालले यूएईमा जारी आईसीसी यू-१९ महिला टी-२० विश्वकप एसिया छनोटमा लगातार दोस्रो जित हासिल गरेको छ । विहिबार कुवेतलाई १०८ रनले पराजित गर्दै नेपालले प्रतियोगीतामा लगातार दोस्रो जित हासिल गरेको हो ।

    नेपालले दिएको १३१ रनको लक्ष्य पछाएको कुवेतले १३ ओभरमा अल आउट हुदै २२ रन मात्र बनाएपछि खेल १०८ रनले हारेको हो । यसअघि नेपालले टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ८ विकेट गुमाउँदै १३० रन बनाएको थियो ।

    नेपालले यसअघि पहिलो खेलमा थाइल्याण्डलाई ६७ रनले पराजित गरेको थियो । त्यस्तै कुवेतले भने लगातार दोस्रो हार बेहोरेको छ । कुवेतले पहिलो खेलमा आयोजक यूएईसँग पराजित भएको थियो । अब नेपालले अर्को खेल शनिबार युएईसँग खेल्ने तालिका रहेको छ ।

    छनोट प्रतियोगिता नेपाल र कुवेतसँगै आयोजक यूएई र थाइल्याण्ड सहभागी छन् । डबल राउण्ड रोविनका आधारमा खेलाइएको यस प्रतियोगितामा शीर्ष स्थानमा रहने टोली अर्को वर्ष मलेसियामा हुने यू-१९ महिला टी-२० विश्वकपमा छनोट हुनेछ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend