२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

 च्याम्पियन्स लिगः आर्सनलको अपराजित यात्रा भंग, इन्टरमिलानसँग पराजित  


सञ्चार डबली
  • बिहीबार , कात्तिक २२ २०८१
  • 6.1K
    SHARES

  • images
     च्याम्पियन्स लिगः आर्सनलको अपराजित यात्रा भंग, इन्टरमिलानसँग पराजित  


    काठमाडौं । विवादास्पद पेनाल्टीका कारण च्याम्पियन्स लिगमा आर्सनलको अपराजित यात्रामा पूर्णविराम लागेको छ ।गएराति भएको खेलमा आर्सनल इन्टर मिलानसँग १–० गोलअन्तरले पराजित भएको हो । पहिलो हाफमा इन्टर मिलानले विवादास्पद पेनाल्टी पाएपछि आर्सनलले सिजनकै पहिलो हार बेहोरेको हो । 

    पहिलो हाफको इन्ज्युरी समयमा हाकान काल्हानोग्लुले पेनाल्टीमा गोल गर्दै इन्टरमिलानलाई जित दिलाए । खेलको दोस्रो हाफमा आर्सनल आक्रमक रूपमा प्रस्तुत भए पनि गोल गर्न असफल भयो । आर्सनलले यो सिजन युरोपमा खेलेका चार खेलमा पहिलोपटक हार भोगेको हो । लिगमा २ खेलमा जित, १ खेलमा बराबरी र १ खेलमा हार भोगेको आर्सनल ७ अंकसहित १२औँ स्थानमा छ । 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend