२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

 विश्वकप लिग–टूः वर्षाका कारण अवरुद्ध, नेपाल र स्कटल्यान्डले अंक बाँडे


सञ्चार डबली
  • मंगलबार, कात्तिक २० २०८१
  • 6.1K
    SHARES

  • images
     विश्वकप लिग–टूः वर्षाका कारण अवरुद्ध, नेपाल र स्कटल्यान्डले अंक बाँडे


    काठमाडौं । नेपालले आईसीसी विश्वकप क्रिकेट लिग डिभिजन टूको खेलमा स्कटल्यान्डसँग अङ्क बाँडेका छ । सोमबार भएको खेलमा नेपालले ६ ओभरमा २६ रन बनाएर १ विकेट गुमाएको अवस्थामा वर्षाका कारण खेल रोकिएको हो ।

    नेपालका ओपनर अनिल शाह १९ बलमा १० रन बनाएर आउट भएका थिए । पहिलो ओभरको समाप्तिमा पनि लामो समय खेल रोकिएर सुरु भएको थियो ।

    स्कटल्यान्डसँगको १ अङ्कसहित नेपालले त्रिदेशीय शृङ्खलामा ३ अङ्क जोडेको छ । डिभिजन टुको अङ्क तालिकामा नेपाल १२ खेलमा ६ अङ्कसहित सातौँ स्थानमा छ ।

    तालिकामा अमेरिका १२ खेलमा १६ अङ्कसहित पहिलो तथा क्यानडा १२ खेलमा १२ अङ्कका साथ दोस्रो स्थानमा छन् । स्कटल्यान्डको ११ खेलमा १४ तथा नेदरल्यान्ड्सको ९ खेलमा १२ अङ्क छ । नामिबियाको १२ खेलमा १० अङ्क छ । ओमानको ९ खेलको ८ अङ्क छ । पुछारमा रहेको संयुक्त अरब इमिरेट्सको ९ खेलमा ४ अङ्क छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend