२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

साफ महिला च्याम्पियनसिपको फाइनल भिडन्त हेर्न टिकट किन्नेको लाइन (तस्वीर)


सञ्चार डबली
  • बुधबार, कात्तिक १४ २०८१
  • 6.6K
    SHARES

  • images
    साफ महिला च्याम्पियनसिपको फाइनल भिडन्त हेर्न टिकट किन्नेको लाइन (तस्वीर)


    काठमाडौं । साफ महिला च्याम्पियनसिप फुटबलको नेपाल र बंगलादेशबीचको फाइनल भिडन्त हेर्न टिकट काट्नेको बिहानैदेखि लामो लागेको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले बिहान ८ बजेदेखि एन्फा कम्प्लेक्स सातदोबाटो, भद्रकाली आर्मी गेट र जावलाखेल फुटबल मैदानमा टिकट बिक्री थालेको भएपनि बिहान ३ बजेदेखि नै लाइन लाग्न सुरु भएको थियो । 

    एकजनाले अधिकतम २ वटा भीआईपी र ५ वटा साधारण प्यारापिटको टिकट लिन सक्ने व्यवस्था मिलाइएको छ । सुरुमा टिकेट विक्रीका लागि नीजि कम्पनीसँग सम्झौता गरेको एन्फाले पछि आफैं टिक विक्री गर्न थालेको हो । 

    उपाधिका लागि नेपाल र बंगलादेश भिड्नेछन् । खेल साँझ साढे ६ बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सुरु हुनेछ । सेमिफाइनलमा भारतलाई हराएर नेपाल फाइलनमा पुगेको हो भने बंगलादेशले भुटानलाई पराजित गरेको थियो ।

    सन् २०१० मा बङ्गलादेशबाट सुरुआत भएको साफ च्याम्पियनसिपमा नेपाल पाँच पटक फाइनलमा पुगे पनि उपाधि जित्न सकेको छैन । जारी सातौँ संस्करणमा भारतलाई पराजित गर्दै फाइनलमा प्रवेश गरेको घरेलु टोली नेपालसँग बङ्गलादेशलाई पाखा लगाउँदै उपाधि चुम्ने अवसर छ । यसअघि ५ पटक फाइनलमा पुगे पनि उपाधिबाट बन्चित रहेको नेपाल पहिलो उपाधि जित्ने लक्ष्यमा रहँदा बंगलादेश दोस्रो उपाधिको खोजिमा छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend