२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

विश्वकप लिग २ः  अमेरिकासँगको पहिलो खेलमा नेपाल पराजित


सञ्चार डबली
  • सोमबार, कात्तिक १२ २०८१
  • 6.0K
    SHARES

  • images
    विश्वकप लिग २ः  अमेरिकासँगको पहिलो खेलमा नेपाल पराजित


    काठमाडौं । आईसीसी विश्वकप लिग–२ मा नेपाल अमेरिकाविरुद्ध ३ विकेटले पराजित भएको छ । २८७ रनको लक्ष्य पछ्याएको अमेरिकाले ४९।४ ओभरमा ७ विकेट गुमाएर पूरा गरेको हो ।अमेरिकालाई जिताउन ओपनर शयान जहाजिंगरले ९७ बलमा १२ चौका र ४ छक्कासहित १०४ रनको शतकीय पारी खेले। उनको नेपालविरुद्ध दोस्रो शतक हो ।

    यसअघि विश्वकप छनोट २०२३ मा पनि नेपालविरुद्ध शतक बनाएका थिए । कप्तान मोनांक पटेलले ७६ बलमा ५ चौका प्रहार गर्दै ६२ रन बनाए । नेपालका लागि कुशल भुर्तेलले उत्कृष्ट प्रदर्शन गर्दै ६ ओभरमा २३ रन खर्चेर ४ विकेट लिए। सोमपाल कामीले २ र ललित राजवंशीले १ विकेट हात पारे ।

    टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ५० ओभरमा अल आउट हुँदै २८६ रन बनाएको थियो। कप्तान रोहित पौडेलले ७५ बलमा ८ चौका र ३ छक्कासहित ९६ रन बनाएका थिए। ओपनर आसिफ शेखले ५३ बलमा ७ चौका र १ छक्कासहित ५२ रन र अनिल साहले ६२ बलमा ५ चौकासहित ५६ रनको योगदान गरे ।

    अमेरिकाका  नोष्थुश केन्जिगेले १० ओभरमा ५२ रन खर्चेर ४ विकेट लिए । हरमीत सिंह, शाड्ली भान शाक्ली, र जसदीप सिंहले १–१ विकेट हात पारे । नेपालले अब मंगलबार स्कटल्यान्डसँग खेल्नेछ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend