२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

यु–१७ एसियन कप छनोटः कतारसँग नेपाल पराजित


सञ्चार डबली
  • शनिबार, कात्तिक १० २०८१
  • 6.5K
    SHARES

  • images
    यु–१७ एसियन कप छनोटः कतारसँग नेपाल पराजित


    काठमाडौं । एएफसी यु–१७ एसियन कप २०२५ को छनोट चरणको दोस्रो खेलमा पनि नेपाल पराजित भएको छ । कतारमा जारी प्रतियोगितामा शुक्रबार राति नेपाल घरेलुटोलीसँग ५–० गोल अन्तरले पराजित भएको हो ।

    नेपालविरुद्धको खेलमा कतारका कप्तान जैद फैसलले दोस्रो लगातार खेलमा गोल गर्दै उत्कृष्ट प्रदर्शन गरे । खेलको २१औं मिनेटमा याजन मोहम्मदले कतारका लागि पहिलो गोल गरेका थिए ।

    त्यसपछि कप्तान फैसलले खेलको ४५औं, ५६औं, र ८२औं मिनेटमा ह्याट्रिक पूरा गरे । उमर अल–मर्जुकीले पनि गोल गर्दै कतारको फराकिलो जीतमा योगदान गरे ।

    कतार  जारी छनोटमा ६ अंकका साथ तालिकाको दोस्रो स्थानमा रहेको छ । पहिलो स्थानमा जापान पनि समान ६ अंकका साथ गोल अन्तरले गर्दा अगाडि छ । अब कतारको आगामी खेल जापानविरुद्ध हुनेछ । नेपालले भने आफ्नो अन्तिम खेल मंगोलियाविरुद्ध खेल्दै छनोटको यात्रा समाप्त गर्नेछ ।

    नेपाल पहिलो खेलमा जापानसँग ९–२ गोल अन्तरले पराजित भएको थियो ।   कतारले पहिलो खेलमा मंगोलियालाई २–० ले हराएको थियो ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend