२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

 रारा–खत्याड च्याम्पियनसिप गोल्डकप सुरु


सञ्चार डबली
  • बिहीबार , कात्तिक ८ २०८१
  • 7.1K
    SHARES

  • images
     रारा–खत्याड च्याम्पियनसिप गोल्डकप सुरु


    काठमाडौं । मुगु जिल्लाको पश्चिम खत्याड भेगमा पर्ने खत्याड गाउँपालिकामा प्रथम रारा–खत्याड च्याम्पियनसिप गोल्डकप सुरु भएको छ । सुईना कर्णाल मुगु, खत्याड गाउँपालिका– ३ को संयुक्त आयोजनामा र खत्याड गाउँपालिकाको आर्थिक सहयोगमा बुधबारदेखि खत्याड गाउँपालिकाको कालिका माध्यामिक विद्यालय बुगामा प्रथम रारा–खत्याड च्याम्पियनसिप गोल्डकप सुरु भएको हो ।

    ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मुल नाराको साथ सुरु भएको प्रथम रारा खत्याड च्याम्पियनसिप गोल्डकपमा फुटबल, महिला पुरुष भलिबल खेल सञ्चालन गरिने आयोजक स्रोतले जनाएको छ ।

    प्रतियोगितमा फुटबल खेलमा ४७ वटा टिम, पुरुष भलिबल २१ टिम र महिला भलीबल ७ वटा टिम दर्ता भएको प्रथम रारा–खत्याड च्याम्पियनसिप गोल्डकप आयोजक सुईना कर्णालीका अध्यक्ष अनिल बानियाँले जानकारी दिए ।

    खेलकुद प्रतियोगिता बिहीबारबाट सुरु भएको र प्रतियोगितामा विजेता हुने फुटबल टिमलाई कप, मेडेल र प्रमाणपत्रसहित ६० हजार, उपविजेतालाई मेडल र प्रमाणपत्रसहित २० प्रदान गरिने छ ।

    पुरुष, महिला भलिबलतर्फ विजेता हुनेलाई कप, मेडल र प्रमाणपत्रसहित ३० हजार र उपविजेतालाई मेडेल र प्रमाणपत्रसहित १० हजार प्रदान गरिने बताइएको छ । त्यसैगरी फुटबल, भलिबलतर्फ तेस्रो हुने टिमलाई मेडलसहित प्रमाणपत्र प्रदान गरीने अध्यक्ष बानियाँले बताए ।त्यस्तै, खेल अविधभर सर्वोत्कृष्ट खेलाडीलाई मेडेल र प्रमाणपत्रले सम्मान गरिने छ । आज औपचारिक कार्यक्रम उद्घाटन गरिएको र भोलिबाट खेलकुदका कार्यक्रम सञ्चाल गरिने जनाइएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend