२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

घोराही सिमेन्टले ३२ जेठदेखि आईपीओ निष्कासन गर्दै


सञ्चार डबली
  • बुधबार, जेठ २४ २०८०
  • 7.7K
    SHARES

  • images
    घोराही सिमेन्टले ३२ जेठदेखि आईपीओ निष्कासन गर्दै

    काठमाडौ, २४ जेठ । घोराही सिमेन्टले ३२ जेठदेखि सर्वसाधारणको लागि आईपीओ जारी गर्ने भएको छ । कम्पनीले प्रिमियम मूल्यमा आईपीओ जारी गर्न लागेको हो । यसले १ सयअंकित मूल्यमा ३३५ रुपैयाँ प्रिमियम मूल्य थप गरेर आईपीओ निष्कासन गर्न लागेको हो । यस कम्पनीले ४३५ रुपैयाँ दरको कुल ६९ लाख ११ हजार ६७० कित्ता आईपीओ सर्वासाधारणको लागि निष्कासन गर्न लागेको हो ।

    यसअघि यस कम्पनीले उद्योग प्रभावित क्षेत्रका बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ बिक्री गरिसकेको छ । साथै, सामूहिक लगानी कोष र कर्मचारीहरुका लागि पनि सेयर बाँडफाँट गरी बाँकी भएको सेयर सर्वसाधारणलाई जारी गर्न लागेको हो ।

    यसमा ४ असारसम्म आवेदन दिन सकिनेछ । उक्त समयमा आईपीओ बिक्री नभएमा असार १४ गतेसम्म बिक्री खुला राख्ने छ । घोराहीको आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १० लाख कित्ताका लागि आवेदन दिन सकिनेछ । यसमा बिक्री प्रबन्धकको काम नबिल इन्भेष्टमेन्ट बैंकिङले गर्नेछ ।

    लगानीकर्ताले सी आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् । केयर नेपालले घोराही सिमेन्ट आईपीओलाई केयर एनपी त्रिपल बी माइनस रेटिङ प्रदान गरेको छ । यसले कम्पनीको वित्तीय दायित्व पूरा गर्ने क्षमता मध्यम रहेको संकेत गर्छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend