२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

आजको तरकारी तथा फलफूलको मुल्य, गुन्द्रुक २७५ रुपैयाँ


सञ्चार डबली
  • बुधबार, जेठ २४ २०८०
  • 8.9K
    SHARES

  • images
    आजको तरकारी तथा फलफूलको मुल्य, गुन्द्रुक २७५ रुपैयाँ

    काठमाडौ,  २४ जेष्ठ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बुधवारका लागि मूल्य सार्बजनिक गरेको छ । जसअनुसार आज बुधबार ठुलो गोलभेडा (नेपाली)  २२ रुपैयाँ ५० पैसा, ठुलो गोलभेडा (भारतीय) ४६ रुपैयाँ ६७ पैसा, लोकल सानो गोलभेडा १५ रुपैयाँ, रातो आुल ४७ रुपैयाँ तोकिएको छ भने रातो आलु (भारतीय) ३७ रुपैयाँ, मुडेको आलु ४१ रुपैयाँ ३३ पैसा, सेतो आलु ३७ रुपैयाँ, लोकल गाजर १०६ रुपैयाँ ६७ पैसा, लोकल बन्दा १२ रुपैयाँ ४० पैसामा किनबेच हुनेछ ।

    स्थानीय काउली, लौका, तने बोडी, हरियो प्याज र भेडे खुर्सानी ६५ रुपैयाँ, ज्यापु काउली ८५ रुपैयाँ, रातो मूला र लाम्चो हरियो फर्सी ४५ रुपैयाँमा खरिद बिक्रि हुदाँ लोकल सेतो मूला १७ रुपैयाँ ५० पैसा, मकै बोडी ५६ रुपैयाँ ६७ पैसा, मटरकोशा १७५ रुपैयाँ, लोकल घिउ सिमी ६६ रुपैयाँ ६७ पैसा, भटमास कोशा १४० रुपैयाँमा पाइनेछ ।

    उता, परवल ९५ रुपैयाँ, चिचिण्डो ३५ रुपैयाँ, घिरौला ५५ रुपैयाँ, सलगम ७६ रुपैयाँ ६७ पैसा, भिण्डी ७४ रुपैयाँ, स्कूस ५६ रुपैयाँ ६७ पैसा, पालूगो, चमसूर, मेथी र सौफको साग ११६ रुपैयाँ ६७ पैसा तोकिएको छ । 

     त्यस्तै, तोरीको साग प्रतिकेजी ३६ रुपैयाँ ६७ पैसा, कन्य च्याउ १६६ रुपैयाँ, डल्ले च्याउ १५४ रुपैयाँ, कुरीलो २३३ रुपैयाँ ३३ पैसा, न्यूरो ७६ रुपैयाँ ६७ पैसामा किनबेच हुनेछ भने ब्रोकाउली ९६ रुपैयाँ ६७ पैसा, चुकुन्दर ७५ रुपैयाँ, सजिवन ९६ रुपैयाँ ६७ पैसा, जिरीको साग ७६ रुपैयाँ, ग्याठ कोबी ८६ रुपैयाँ ६७ पैसा, सेलरी १४० रुपैयाँ, पार्सले २४० रुपैयाँ, पुदीना १३५ रुपैयाँ, गुन्द्रुक २७५ रुपैयाँमा पाइनेछ ।

     यसैगरी, कागती १६७ रुपैयाँ ५० पैसा, अनार ३९३ रुपैयाँ ३३ पैसा, मालदह आँप ८६ रुपैयाँ, दसहरी आँप ९३ रुपैयाँ ३३ पैसा, मौसम १९० रुपैयाँ, लोकल काक्रो ११६ रुपैयाँ, रुख कटहर ३६ रुपैयाँ ६७ पैसा, किवि ४५० रुपैयाँ, आभोकाडो ५५० रुपैयाँ, लोकल लिच्ची १३३ रुपैयाँ ३३ पैसा, अदुवा २४५ रुपैयाँ, अकबरे खुर्सानी २२५ रुपैयाँ, सुकेको लसुन (नेपाली)  २१० रुपैयाँ, सुकेको लसुन (चाइनिज)  २३७ रुपैयाँ ५० पैसमा किनबेच भइरहेको छ । 
    रहु माछा ३२२ रुपैयाँ ५० पैसा, बचुवा माछा २६० रुपैयाँ र मुंगरी ताजा माछा ३३० रुपैयाँ खरिद गर्न सकिनेछ ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend