२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

उत्कृष्ट डिजाइन र अत्याधुनिक इनोभेसनको मिश्रण : भिभो भी४० लाईट


सञ्चार डबली
  • सोमबार, कात्तिक ५ २०८१
  • 6.9K
    SHARES

  • images
    उत्कृष्ट डिजाइन र अत्याधुनिक इनोभेसनको मिश्रण : भिभो भी४० लाईट

    काठमाडौँ - विश्वप्रख्यात प्रविधि ब्राण्ड भिभोले आफ्नो नयाँ स्मार्टफोन भिभो भी४० लाईट आधिकारिक रुपमा सार्वजनिक गरेको छ । भी सिरिजकोे पछिल्लो संस्करण भिभो भी४० लाईट आफ्नो उच्चस्तरीय डिजाइन, फ्लास चार्जिङ प्रविधि र अत्याधुनिक एआई–प्रवर्धित फोटोग्राफीेलाई संयोजन गर्दै स्मार्टफोन अनुभवलाई परिभाषित गर्ने नयाँ मानकको रुपमा चिनिएको छ ।

    दुई आकर्षक रंग विकल्पहरू स् टाइटेनियम सिल्भर र एमरल्ड ग्रीनमा उपलब्ध भिभो भी४० लाईटले प्रभावशाली अल्ट्रा–स्लिम डिजाइन र उच्च कार्यक्षमतालाई एकैसाथ प्रस्तुत गरेको छ । फोनको पछाडिको भागमा रहेको नयाँ कुशन–कट डायमण्ड क्यामेरा मोड्युलले यसको डिजाइनलाई अझै आकर्षक बनाएको छ । फोनमा मेटालिक हाई–ग्लस फ्रेम पनि छ, जसले फोनलाई प्रिमियम लुक दिँदै यसको स्लिम डिजाइनलाई कायम राख्छ । यस स्मार्टफोनलाई आई पि ६४ डस्ट र वाटर रेजिस्टेन्स प्रमाणित गरिएकोे छ, जसले वातावरणीय प्रभावबाट सुरक्षा प्रदान गर्दछ, र यसलाई दैनिक प्रयोगको चुनौतीलाई सजिलै सहन सक्षम बनाउँछ ।

    भिभो नेपालका महाप्रबन्धक माइकल लिउले भने, “हामी भिभो भी४० लाईट नेपाली बजारमा ल्याउन पाउँदा निकै खुसी छौँ। यो फोनले आकर्षक डिजाइन, उत्कृष्ट कार्यक्षमता र अत्याधुनिक एआई–प्रवर्धित इमेजिङलाई एक स्लीक प्याकेजमा समेटेको छ । यस नयाँ मोडलको परिचयले हामीले मोबाइल प्रविधिमा सधैँ नयाँ कीर्तिमान कायम गर्ने र हाम्रा ग्राहकहरूलाई अझ राम्रो सेवा प्रदान गर्ने प्रतिबद्धतालाई दर्शाएको छ । ”

    भिभो भी४० लाईटमा ५००० एम ए एच ब्याट्री र ८० वाटको फ्ल्यास चार्जको क्षमता रहेको छ, जसले फोनलाई छिटो चार्ज गर्न सक्षम बनाउँछ र प्रयोगकर्ताहरूलाई सधैं पावर अन भएको महसुस गराउँछ । साथै, भिभो भी४० लाईटले ४ वर्षको ब्याट्री स्वास्थ्य पनि सुनिश्चित गर्दछ, जसले भिभोको भरपर्दो उपकरण निर्माणको प्रतिबद्धतालाई देखाउँछ ।

    भिभो भी४० लाईटले प्रयोगकर्ताहरूलाई अविश्वसनीय दृश्य अनुभव प्रदान गर्दछ, विशेष गरी अन–दी–गो भिडियो सामग्री हेर्न मन पराउने प्रयोगकर्ताहरूका लागि, यो एक व्यक्तिगत सिनेमाघर जस्तै हुनेछ । डुअल स्टेरियो स्पिकर सेटअपको साथमा इमर्सिभ १२० हर्जको एमोलेड डिस्प्ले रहेको यस फोनले अविश्वसनीय स्पष्टताका साथ दृश्यहरू र इमर्सिभ ध्वनि गुणस्तर प्रदान गर्दछ, जसले हरेक चलचित्र, संगीत ट्र्याक, वा खेललाई पहिले कहिल्यै नभएको जस्तो जीवन्त बनाउँछ ।

    भिभो भी४० लाईटले जीवनका अमूल्य क्षणहरूलाई अझ स्पष्ट र जीवन्त बनाउँछ । यसको एआई–आधारित औरा लाइट पोट्रेट फिचरले कम प्रकाश भएको वा रातको समयमा पनि तपाईंका फोटोहरूलाई अद्भुत बनाइदिन्छ । यसबाहेक, फोनमा एआई– ईरेज र एआई–फोटो ईनह्यान्समेन्ट जस्ता फिचरहरूले तपाईंका फोटोहरूमा रहेका अनावश्यक वस्तुहरू हटाउन र गुणस्तर बढाउन सहयोग गर्दछ ।

    आगामी कार्तिक २ गतेदेखि नेपाली बजारमा मात्र रु. ३६,९९९ को आकर्षक मूल्यमा उपलब्ध हुने भिभो भी४० लाईट ग्राहकहरूले दराज अनलाईन मार्फत सुरक्षित गर्न सक्नेछन् वा देशभरका सबै मुख्य रिटेल स्टोरहरूमा गएर प्रत्यक्ष रूपमा यो स्मार्टफोनको अनुभव लिन सक्नेछन् ।

    ८ + ८ जि बी को विस्तारित ¥याम र २५६ जीबी स्टोरेज क्षमता रहेको यस फोनले प्रयोगकर्ताहरूको अनुभवलाई नयाँ उचाइमा पुर्याउने र यसको हरेक नवीन पक्षले उपभोक्ताहरूलाई अत्याधुनिक प्रविधिको अनुभव दिने कुरामा कम्पनी विश्वस्त छ । 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend